6 years ago
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानविरुद्ध लगातार दोस्रो जित दर्ता गर्दै दुई खेलको मैत्रीपूर्ण सिरिज २-० ले जितेको छ । बिहीबार लगनखेलस्थित आर्मी कभर्ड हलमा भएको खेलमा नेपाल २-० सेटले पछाडी परेपनि उत्कृष्ट पुनरागमन गर्दै खेल जित्न सफल भयो ।
अफगानिस्तानले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा नेपालले लय गुमाएपछि अफगानिस्तान २५-१५ ले विजयी हुँदै खेलमा पकड जमाउन सफल रहयो । कुलबहादुर थापाले अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाल समस्यामा परेको थियो ।
नेपालले तेस्रो सेटमा पुनरागमन गर्दै २६-२४ को जित दर्ता गर्यो । चौथो सेटमा पनि २६-२४ कै प्रतिस्पर्धात्मक जित दर्ता गरेपछि खेल पाँचौ सेटमा पुगेको थियो । निर्णायक सेटमा नेपाल १५-१२ ले विजयी रहँदै लगातार दोस्रो जित दर्ता गर्न सफल रहयो । नेपालका लागि स्पाइकर राजकुमार निरौला र राजेन्द्र विष्टले उत्कृष्ट प्रदर्शन गरे ।
नेपालका लागि आजको खेलमा कप्तान ईम बहादुर राना र धनबहादुर भट्टले खेलेनन् । कप्तान ईम मांशपेशीको चोटले बाहिर रहेका हुन् भने धनबहादुरको कुर्कुच्चा सुन्निएको छ । दुवै खेलाडीलाई एभीसी सेन्ट्रल जोनको लागि विश्राम दिइएको हो । ईमको अनुपस्थितिमा मुख्य सेटरको भूमिका निर्वाह गरेका हरिहजुर थापाले राम्रो प्रदर्शन गरे । लिबेरो विनोद चन्दको प्रदर्शन औसत रहयो ।
पहिलो खेलमा ३-२ ले विजय्यी रहेको नेपालले दोस्रो खेलमा जित दर्ता गर्दै सेन्ट्रल जोन प्रतियोगिताको तयारी पनि पूरा गरेको छ । अब नेपालले सोमबारदेखि सुरु हुने प्रतियोगिताको लागि केहि दिन प्रशिक्षण गर्नेछ ।
खेलको भिडियो :
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]