6 years ago
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर रानाले अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपुर्ण खेल नखेल्ने भएका छन् । अर्का भरपर्दा ओपन स्पाइकर धन बहादुर भट्टले पनि खेल्ने सम्भावना न्यून रहेको छ ।
बुधबार अफगानिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ३–२ को रोमाञ्चक जित हात पार्दा उच्च प्रदर्शन गरेका इम र धनले खेल दौरान चोट बोकेका थिए । दुवै टोलीमा नरहँदा नेपाललाई समस्या हुनेछ । नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले इमलाई आजको खेलमा विश्राम दिने र धनको विषयमा टिम मिटिङ पछि नै निर्णय हुने हाम्रो खेलकुदलाई जानकारी गराए । टोलीका मुख्य प्रशिक्षक हान एबिङले धनलाई पनि विश्राम दिनै नयाँ खेलाडी प्रयोग गर्ने सम्भावना छ ।
प्रशिक्षक रिमालले परीक्षणमा इमको मांशपेशीमा समस्या देखिएको र गम्भीर समस्या नरहेपनि आजको खेलमा जोखिम नमोल्ने बताएका छन् । ‘हामी इमलाई आजको खेलमा जोखिम मोल्ने छैनौ । उनलाई सेन्ट्रल जोनसम्म तयार पार्नेछौं । मैत्रीपुर्ण खेलभन्दा पनि प्रतियोगिता नै ठुलो कुरा हो ।’ प्रशिक्षक रिमालले भने, ‘धनको पनि रिपोर्टमा सामान्य सुन्निएको देखिएको छ । उनले पनि नखेल्ने सम्भावना छ । तर, टिम मिटिङ पछि नै थाहा हुनेछ ।’
बुधबार भएको पहिलो खेलमा चौथो सेटको अन्तिम समयमा खुट्टामा समस्या आएपछि इम बाहिरिएका थिए । चोट बोकेलगत्तै बाहिर निस्केर फिजियोसँग रहेका इम खेल सक्कुन्जेल सम्म त्यहीं बिताएका थिए । अफगानी खेलाडीले स्पाइक गरेपछि ल्यान्ड गर्ने क्रममा उनको खुट्टामा परेपछि धनबहादुरको कुर्कुच्चानिर चोट लागेको हो ।
नेपाल र अफगानिस्तानबीचको खेल आज दिउसो ३ बजेपछि नेपाली सेनाको कभर्डहलमा हुनेछ । खेलको हाम्रो खेलकुद डट कमले प्रत्यक्ष प्रसारण गर्नेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]