default_image

6 years ago

August 14, 2019

अफगानिस्तानविरुद्ध ईम र धनबहादुर घाइते!

115 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान ईम बहादुर मगर र ओपन स्पाइकर धनबहादुर भट्ट क्षेत्री अफगानिस्तानविरुद्ध भएको पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएका छन् ।

चौथो सेटको अन्तिम समयमा खुट्टामा समस्या आएपछि ईम बाहिरिएका थिए । उनले खेल्ने क्रममा केहि असहज महसुस भएपछि बाहिर निस्कन प्रशिक्षकलाई भनेका थिए । खेलपछि प्रशिक्षक हान एबिङले पनि ईमले बाहिर आउँछु भन्नु सामान्य नरहेको बताए । ‘ईमले जब बाहिर निस्कन्छु भने मलाई लाग्यो केहि गम्भीर समस्या छ । उनी निकै जब्बर खेलाडी हुन्, यसै मैदानबाट बाहिर निस्किने प्रकृतिका छैनन् । अब हामीले उनको चोटलाई गम्भीरताका साथ हेर्नुपर्छ, उनले थपे ।

चोट बोकेलगत्तै बाहिर निस्केर फिजियोसँग रहेका ईम खेल सक्कुन्जेल सम्म पनि त्यहीं थिए । ईमलाई खेल सकिएलगत्तै थप परिक्षणका लागि अस्पताल लागिएको र उनको मांशपेशीमा केहि समस्या देखिएको व्यवस्थापक मंगल श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘उनको मांशपेशीमै समस्या देखिएको प्रारम्भिक परिक्षणमा देखिएको छ । विस्तृत रिपोर्ट आउन बाँकी छ । आशा गरौँ केहि गम्भीर समस्या छैन, ‘ श्रेष्ठले भने, ‘अब प्रतियोगितालाई तयारी राख्न भएपनि उनीमाथि जोखिम मोल्ने देखिन्न । सम्भवत उनले भोलीको खेललाई विश्राम गर्नेछन् ।’

ईमसँगै धनबहादुरले पनि अफगानिस्तानविरुद्ध खेलमा चोट बोके । अफगानी खेलाडीले स्पाइक गरेपछि ल्यान्ड गर्ने क्रममा उनको खुट्टामा परेपछि धनबहादुरको कुर्कुच्चानिर चोट लागेको हो । खेलदौरान नै सामान्य दुखाइ भएपनि स्प्रे गरेर खेलेका उनको खुट्टा खेलपछि केहि सुन्निएको थियो । उनको प्रारम्भिक परिक्षणमा केहि समस्या देखिएको छैन । यद्यपि उनलाई पनि विश्राम दिने सम्भावना रहेको छ ।

ईम र धनबहादुर दुवैले पहिलो खेलमा नेपालले जित दर्ता गर्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालले दोस्रो खेल बिहीबार ३ बजे अफगानिस्तानसँग खेल्नेछ । खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले गर्नेछ ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

पहिलो दिन तोरणको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलवार तोरण विक्रम शाही सानदार सुरुवात गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन्। उनले ७-अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन्। गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे। दोस्रो, तेस्रो, […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

Success

Thank you for your time.