6 years ago
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमै आयोजना हुन लागेको पाँचौ एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तयारी स्वरुप खेलिएको मेत्रीपुर्ण खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।
लगनखेलस्थिन नेपाली सेनाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । पहिलो सेटमा तालमेल मिलाउन नसक्दा २२–२५ ले गुमाएको नेपालले त्यसपछिको दुवै सेट २५–१७ र २५–२१ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो । तर, प्रतिस्पर्धात्मक चौथो सेटको मध्यतिर कप्तान इम रानालाई चोटले गुमाएपछि सेट नै २३–२५ ले गुमाउन पुगेको थियो ।
निर्णायक सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुरुवातमा ८–५ को अग्रता लिएपनि लगतार ३ अंक गुमाउँदाखेल बराबरीमा पुगेको थियो । १०–१० को बराबरीको अवस्थामा रहँदा नेपालले लगातार दुई अंक जोड्दै जितको आधार तयार पार्दै १५–१३ को जित निकाल्दै नेपाललाई जित दिलाए । अन्तिम अंकका लागि भन बहादुर भट्टको स्पाइकलाई अफगानी खेलाडीले ब्लक गरेपनि आउट हुन पुगेको थियो ।
नेपालका लागि आजको खेलमा तीन खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे । राजेन्द्र विष्ट र दुर्गा खड्कासँगै टेकराज अवस्थीले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी पहिरिए । अब नेपालले बिहीबार पनि पुनः अफगानिस्तानसँग खेल्दैछ । खेल ३ बजेपछि सेनाको कभर्डहलमा शुरु हुनेछ ।
खेलको पूरा भिडियो:
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]