6 years ago
August 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनयिसपमा भाग लिने अफगानिस्तानको भलिबल टोली मंगलबार नेपाल आइपुग्ने भएको छ । नेपाली भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टोली एक साता अघि नै नेपाल आइपुग्न लागेको हो । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार दुईवटा अभ्यास खेल हुनेछ ।
अहिले भारतमा रहेको अफगानिस्तनको टोली मंगलबार बिहान ९ बजे त्रिभुवन विमानस्थल आइपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । इम रानाको कप्तानीमा नेपालले सोमबार मात्र १४ सदस्यीय भलिबल टोलीको घोषणा गरेको थियो । जसमा पहिलो पटक तीन खेलाडी सेमेटिएका छन् ।
भदौ २ गते देखि लगनखेलस्थित आर्मीको कभर्ड हलमा हुने च्याम्पियनसिपमा नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । यहि च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबल प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो ।
यसपटक नेपाली टोली उक्त सफलतालाई सुधार गर्नेलक्ष्यसहित प्रशिक्षणमा छ । टोलीको प्रशिक्षण डच प्रशिक्षक हान एबिङले सम्हालेका छन् । नेपाली टोलीले असार पहिलोसाताबाट नियमत प्रशिक्षण गरिरहेको छ । च्याम्पियनसिपको च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले गर्नेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]