6 years ago
August 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार सम्पन्न एसियन च्याम्पियनसिप छनोट प्रतियोगितामा अपराजित रहँदै प्रथम स्थान हासिल गरेका छन् ।
इन्डोनेसियाको योग्यकार्तामा सेप्टेम्बर १५ देखि २२ सम्म हुने प्रतियोगिताको लागि पुरुष र महिलातर्फ ३-३ खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको थियो । लैनचौरस्थित केन्द्रीय प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगितामा पुरुषमा स्यान्टुसँगै अमरलाल मल्ल र संयोग कपाली तथा महिलातर्फ नविता, सिक्का सुवाल र एलिना महर्जन शीर्ष ३ मा रहेर छनोट भए ।
पुरुषतर्फ अन्तिम खेलमा अमरलाल मल्ललाई ३-१ ले पराजित गर्दै स्यान्टु अपराजित रहे । पहिलो सेटमा अमर ११-७ ले विजयी रहेपनि स्यान्टुले त्यसपछि ११-७, ११-८, ११-८ को जित दर्ता गरे । संयोगले तेस्रो स्थान हात पार्न दोस्रो वरीयताका प्रदीप रोक्कालाई ३-१ ले हराएका थिए । पहिलो सेट ११-५ ले जितेका संयोगले दोस्रो सेट ११-६ ले गुमाए । त्यसपछि ११-७, ११-८ को जित दर्ता गर्दै संयोगले प्रदीपलाई हराए ।
महिलातर्फ विजेताको टुंगो लगाउन भएको अन्तिम खेलमा पाँचौ वरीयताकी सिक्काले नवितालाई पहिलो सेटमा ११-५ ले पराजित गरेपनि त्यस लयलाई कायम राख्न सकिनन् । उनले त्यसपछि लगातार तिन सेट ११-७, ११-५, ११-४ ले पराजित हुँदै दोस्रो स्थानमा सिमित भइन् । नविता पछिल्लो ८ वर्षदेखि अपराजित रहँदै आएकी छिन् ।
तेस्रो स्थानको खेलमा दोस्रो वरीयताकी एलिनाले स्वेच्छा नेम्वाङलाई ३-२ ले पराजित गरिन् । निकै प्रतिस्पर्धात्मक खेलमा एलिना ११-९, ११-४, ८-११, ८-११, ११-४ ले विजयी रहिन् । महिलातर्फ निकै आशा गरिएकी चौथो वरीयताकी दिक्षा तामाङ र रविना महर्जनले शीर्ष ४ मा पनि स्थान बनाउन सकेनन् । पुरुषतर्फ प्रदीप र महिलातर्फ स्वेच्छा वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]