default_image

6 years ago

August 8, 2019

एभीसी सेन्ट्रल जोन : अन्तिम टोलीको घोषणा, ३ नयाँ खेलाडी!

109 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टोलीको अन्तिम छनोट भएको छ । प्रशिक्षक हान एबिङले बिहीबार प्रशिक्षणका क्रममा बाहिरिने खेलाडीलाई टोली छनोटबारे जानकारी दिएका छन् । यद्यपि संघले भने आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

यसपटक छनोटमा ३ नयाँ खेलाडी समावेश भएका छन् । राजेन्द्र विष्ट, दुर्गा खड्का र टेकराज अवस्थी पहिलो पटक टोलीमा परेका हुन् । यसअघि छनोटमा २५ खेलाडीबाट १८ खेलाडीको नामावली सार्वजनिक गरिएको थियो । १८ जनाबाट राजु शेरचन, दुर्गा महतो, सरन सामरी र द्वारिका थापाले अन्तिम चरणमा स्थान बनाउन सकेनन् ।

नेपाल भलिबल संघको आयोजनमा यहि भाद्र २ देखि ७ गतेसम्म एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता हुँदैछ । लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन प्रतियोगिताको सम्पूर्ण खेल हाम्रो खेलकुद डट कमको युट्युबमा प्रत्यक्ष प्रसारण हुनेछ । आजै हाम्रो खेलकुद डट कमको युट्युब च्यानल सब्सक्राइब गर्नुहोला ।

युट्युब च्यानल सब्स्क्राइब गर्न यहाँ थिच्नुहोस्

नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबल प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो । माल्दिभ्समा यसअघि आयोजित प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । यसपटक नेपाली टोली उक्त सफलतालाई सुधार गर्नेलक्ष्यसहित प्रशिक्षणमा छ । टोलीको प्रशिक्षण डच प्रशिक्षक हान एबिङले सम्हालेका छन् । नेपाली टोली विगत डेढ महिनायता प्रशिक्षणमा छ ।

कप्तान ईम राना

पूर्ण टोली :
धनबहादुर भट्ट क्षेत्री (आर्मी)
विशाल विक (पुलिस)
कुलबहादुर थापा (पुलिस)
राजेन्द्र विष्ट (आर्मी)
टेकराज अवस्थी (एपीएफ)
हरिबहादुर अधिकारी (आर्मी)
दुर्गा खड्का (आर्मी)
दिपक राज जोशी (पुलिस)
नरेन्द्र गिरि (आर्मी)
राजकुमार निरौला (एपीएफ)
ईमबहादुर मगर (कप्तान) (पुलिस)
हरिहजुर थापा (आर्मी)
विनोद बहादुर चन्द (एपीएफ)
इश्वर थापा मगर (आर्मी)

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.