6 years ago
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यू स्टार र सौराह डोजाङको संयुक्त आयोजनामा यहि कार्तिक १ र २ गते रत्ननगर नगरपालिकामा तेस्रो राष्ट्रिय अोपन मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हुँदैछ।
प्रतियोगिता संचालन गर्नका लागि अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईअोएफटिसी) र ललितपुरको मैत्री तेक्बान्दो डोजाङले सहयोग र सहकार्य गरेको छ । प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरि कुल ४६ तौल समुहमा प्रतिस्पर्धा हुने छ । साधै पुम्सेतर्फ पुरुषको ५ र महिलाको ४ गरि ९ विधामा प्रतिस्पर्धा हने छ । ६५ स्वर्ण, ६५ रजत र १३० काश्य पदक गरि २६० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा सिनियर पुरुष र महिला को ६/६ तौल समूह को प्रतिस्पर्धामा प्रथम हने खेलाडीहरुलाई पुनः छनोट गरी सर्वोत्कृष्ट हुने ३ जना पुरुष र २ जना महिला तेक्वान्दो खेलाडीलाई जनही नगद १ लाख पुरस्कार प्रदान गरिने छ। यी पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिर्भसिटमा सन् २०२० को मे १ र २ मा हुने १३ औं अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि समेत
छनोट हुने छन् ।
तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा खुला रुपमा खेलाडीले सहभागीता जनाउन पाउनेछन् । यसअघि २०१७ को मार्च १६ र १७मा दोस्रो संस्करण खोटाङको एेंसेलुखर्कमा तथा पहिलो संस्करण २०१५ को नोभेम्बरमा ललितपुरको आर्मी हलमा भएको थियो।
कार्यक्रममा आईअोएफटिसिका निर्देशक दिवाकर महर्जनले विभिन्न संघ संस्थालाई ३ लाख ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]