default_image

6 years ago

August 5, 2019

एभीसी सेन्ट्रल जोन : १४ दिन बाँकी!

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनमा यहि भाद्र २ देखि ७ गतेसम्म एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता हुँदैछ ।

लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन प्रतियोगिताको सम्पूर्ण खेल हाम्रो खेलकुद डट कमको युट्युबमा प्रत्यक्ष प्रसारण हुनेछ । आजै हाम्रो खेलकुद डट कमको युट्युब च्यानल सब्सक्राइब गर्नुहोला ।

युट्युब च्यानल सब्स्क्राइब गर्न यहाँ थिच्नुहोस्

नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबल प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो । माल्दिभ्समा यसअघि आयोजित प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । यसपटक नेपाली टोली उक्त सफलतालाई सुधार गर्नेलक्ष्यसहित प्रशिक्षणमा छ । टोलीको प्रशिक्षण डच प्रशिक्षक हान एबिङले सम्हालेका छन् । नेपाली टोली विगत डेढ महिनायता प्रशिक्षणमा छ ।

प्रारम्भिक चरणको २५ सदस्यीय टोलीबाट झन्डै तीन साताको प्रशिक्षणपछि प्रशिक्षक एबिङले दोस्रो चरणमा १८ खेलाडी छनोट गरेका थिए । सहायक प्रशिक्षक सुदेश कुमार रिमालसहितको नेपाली टोलीले एक महिनाअघिबाट नेपाली सेनाको कभर्डहल लगनखेलमा नियमित अभ्यास गरिरहेको छ । केहि दिनमा अन्तिम टोलीको घोषणा हुने प्रशिक्षक एबिङले बताएका छन् ।

दोस्रो चरणमा रहेका खेलाडीहरु :
धनबहादुर भट्ट क्षेत्री (आर्मी)
विशाल विक (पुलिस)
कुलबहादुर थापा (पुलिस)
राजेन्द्र विष्ट (आर्मी)
टेकराज अवस्थी (एपीएफ)
सारान समरी (आर्मी)
हरिबहादुर अधिकारी (आर्मी)
दुर्गा खड्का (आर्मी)
द्वारिका थापा (पुलिस)
दिपक राज जोशी (पुलिस)
नरेन्द्र गिरि (आर्मी)
राजु शेरचन (पुलिस)
राजकुमार निरौला (एपीएफ)
ईमबहादुर मगर (कप्तान) (पुलिस)
हरिहजुर थापा (आर्मी)
दुर्गा महतो (आर्मी)
विनोद बहादुर चन्द (एपीएफ)
इश्वर थापा मगर (आर्मी)

यो पनि : ‘फाइनल पुग्ने लक्ष्य छ’ – कप्तान इम राना

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

Success

Thank you for your time.