default_image

6 years ago

August 4, 2019

‘फाइनल पुग्ने लक्ष्य छ’ – कप्तान इम राना

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम रानाले आसन्न एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले फाइनल पुग्ने लक्ष्य राखेको बताएका छन् ।

लगनखेलस्थित आर्मीको कभर्ड हलमा यहि भाद्र २ देखि ७ सम्म हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । नेपाल माल्दिभ्समा भएको प्रतियोगिताको अघिल्लो संस्करणमा तेस्रो भएको थियो ।

नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबल प्राप्त गरेको एकमात्र पदक त्यहि नै हो । यसपटक नेपाली टोली उक्त सफलतालाई सुधार गर्नेलक्ष्यसहित प्रशिक्षणमा छ । टोलीको प्रशिक्षण डच प्रशिक्षक हान एबिङले सम्हालेका छन् । कप्तान इम रानाले नेपाली टोलीको तयारीबारे दिएको अभिव्यक्ति यसप्रकार छ :

एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन प्रतियोगिताको सम्पूर्ण खेल हाम्रो खेलकुद डट कमको युट्युबमा प्रत्यक्ष प्रसारण हुनेछ । आजै हाम्रो खेलकुद डट कमको युट्युब च्यानल सब्सक्राइब गर्नुहोला ।

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

Success

Thank you for your time.