default_image

6 years ago

August 3, 2019

विश्व तेक्वान्दो अध्यक्ष चोएलाई तेक्वान्दो संघको सम्मान

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो केयर्स कार्यक्रमको उद्घाटन तथा विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रममा शनिबार सम्पन्न भएको छ ।

तेक्वान्दो संघले विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) का अध्यक्ष चुङवन चोएसहित नेपाली तेक्वान्दोका पहिलो विदेशी प्रशिक्षक जे क्यून शिनलाई सम्मान गरेको थियो । संघले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याएको भन्दै सामाजिक हिरोको रुपमा ट्याक्सी ड्राइभर धरानका सिमल राई र गायक अशोक दर्जीलाई झापादेखि काठमाडौं ल्याएका टंक बुढाथोकीलाई सम्मान गरेको थियो ।

यस्तै अध्यक्ष चोएले डब्लूटिएफको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइरहेको अभिभावाहरुका बालबच्चालाई लक्षित गरि सञ्चालन भइरहेको वल्र्ड तेक्वान्दो केयर्स प्रोजेक्टकोउद्घाटन पनि गरे ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा शनिबार आयोजना भएको कार्यक्रममा विश्व तेक्वान्दो महासंघले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, संघीय संसदका सांसद माननीय कृष्णकुमार श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । नेपालमा तेक्वान्दो खेलको विकास र विस्तारमा सहयोग पुर्याउने झन्डै २ दर्जन व्यक्तित्वलाई महासंघले सम्मानित गरेको हो ।

सम्मानित हुनेमा खेल पत्रकारद्वय द हिमालयन टाइम्सका महेश आचार्य, नेपालन्युज डट कमका अजय फुयाल, संघका कोषाध्यक्ष कसीम मिया, मेन्टर इन्स्टिच्युटका प्रबन्ध निर्देशक हेमन्त भट्टराइ लगायत रहेका छन् । यस्तै सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, संघका उपाध्यक्षहरु भानबहादुर चन्द, हरिश्वोर पोखरेल र दिल बहादुर ओली तथा प्रशिक्षक कुमार लामा, राखेप इन्जिनियर अरुण उपाध्याय लगायत सम्मानित भएका थिए ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

Success

Thank you for your time.