default_image

6 years ago

July 19, 2019

भारतसँगको मैत्रीपूर्ण खेल रद्ध

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय पुरुष भलिबल टोली र भारतको राष्ट्रिय भलिबल टोलीबीच साउन दोस्रो सातालाई तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपाल र भारतबीचको तीन मैत्रीपूर्ण खेल रद्ध भएको हाम्रो खेलकुदलाई जानकारी गराए । यसअघि नेपालले साउन ९, १० र ११ गते तीन दिन भारतसँग आर्मीको कभर्डहलमा मैत्रीपुर्ण खेल खेल्ने तय भएको थियो ।

भारतीय भलिबल संघले टोली अहिले एसियन भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणमा प्रशिक्षणमा रहेकाले पठाउन नसकिने जानकारी पठाएको महासचिव चन्दले बताए । ‘नेपाल भलिबल संघको निमन्त्रणालाई स्वीकार्दै भारतीय टोली मैत्रीपुर्ण खेलका लागि आउने बताएको थियो । तर, उनीहरुले मैत्रीपूर्ण खेलका लागि टिकट काटिसकेको अवस्थामा आएर पनि आउन नसकिने सन्देश पठाए,’ महासचिव चन्दले बताए ।

महासचिव चन्दले अब तत्काल कुनै पनि टोलीसँग मैत्रीपुर्ण खेल खेल्ने तय नभएको र केही समयपछि कुनै एक राष्ट्रसँग खेल हुने सम्भावना कायम रहेको जानकारी गराए । भारतको राष्ट्रिय पुरुष भलिबल टिम आगामी बुधबार काठमाडौं आउने कार्यक्रम तय भएको थियो । एसियन मेन्स भलिबल च्याम्पियनसिप इरानमा सेप्टेम्वर १३ देखि २१ सम्म आयोजना हुदैछ । भारत समूह ‘सी’ मा रहेको छ । भारत रहेको समूहमा काजकस्तान, चीन र ओमान रहेका छन् ।

नेपाली टोली नेपालले ३२ साउनबाट ८ भदौंसम्म सञ्चालन हुने एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको तयारीमा छ । नेपाली टिमलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिईरहेका छन् । च्याम्पियनसिपमा नेपालसहित तुर्कमेनिस्तान, किर्गिस्तान, उज्बेकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहने छ ।

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

Success

Thank you for your time.