default_image

6 years ago

July 18, 2019

नेपालले भारतसँग तीन मैत्रीपुर्ण खेल खेल्ने

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउन अन्तिम साता नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमाभारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

फाइल तस्बिर

नेपाल भलिबल संघले भारतसँग यही साउन ९, १० र ११ गते तीन मैत्रीपुर्ण खेल खेल्ने तय भएको जानकारी गराएको छ । संघले एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजना गर्न उल्लेख गरेको छ । खेल लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । नेपाली टोली अहिले सोही प्रतियोगिताको लागि दैनिक प्रशिक्षणमा व्यस्त रहेको छ । दोस्रो चरणमा १८ सदस्यीय टोलीले लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा प्रशिक्षण गरिरहेको छ ।

नेपाल भलिबल संघले गठन गरेको ५ सदस्यीय खेलाडी छनोट समितिले प्रारम्भिक चरणमा २५ खेलाडीको नामावली संघलाई पठाएको थियो । डच प्रशिक्षक हान एबिङले दोस्रो चरणमा गत असार १९ गते १८ खेलाडी छनोट गरिसकेका छन् । साउन तेस्रो या चौथो साता अन्तिम १२ सदस्यीय टोलीले टुङ्गो लाग्ने संघले जनाएको छ । एभीसी सेन्ट्रल जोन साउन ३२ गतेबाट भदौ ८ गतेसम्म सञ्चालन हुदैछ । च्याम्पियसिपमा ७ राष्ट्रले सहभागीता जनाउने छन् ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.