6 years ago
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि दोस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् ।
प्रारम्भिक चरणको २५ सदस्यीय टोलीबाट झन्डै तीन साताको प्रशिक्षणपछि भलिबलका मुख्य प्रशिक्षक हान एबिङले दोस्रो चरणमा १८ खेलाडी छनोट गरेका हुन् । सहायक प्रशिक्षक सुदेश कुमार रिमालले गत १९ असारमै दोस्रो चरणका लागि १८ खेलाडी छनोट गरिएको जानकारी गराए ।
नेपाली टोलीले एक महिनाअघिबाट नेपाली सेनाको कभर्डहल लगनखेलमा नियमित अभ्यास गरिरहेको छ । अन्तिम १२ सदस्यीय टोलीको घोषणा साउन २० गतेसम्म हुन सक्ने प्रशिक्षक रिमालले बताए । पुलिसका रविन चन्द र भीम गाहा मगर, गण्डकी प्रदेशका योकेन्द्र गुरुङ र सुजन चोखाल, प्रदेश ३ का दुर्गा सुनार, आर्मीका भैरव बम र एपीएफका सुरेन्द्र बमले छनोटको दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।
नेपाली टोली एभीसी सेन्ट्रल जोन र नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विशेष प्रशिक्षणमा रहेको छ । संघले गत जेठ १४ गते नै २५ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरेको थियो । विभागीय कारवाहीका कारण आठौं राष्ट्रिय खेलकुद गुमाएपछि मुख्य स्पाइकर मानबहादुर श्रेष्ठ टोलीबाट बाहिर रहेका छन् । उनी बिच भलिबलका लागि भने छनोट भएका छन् ।
दोस्रो चरणमा रहेका खेलाडीहरु :
धनबहादुर भट्ट क्षेत्री (आर्मी)
विशाल विक (पुलिस)
कुलबहादुर थापा (पुलिस)
राजेन्द्र विष्ट (आर्मी)
टेकराज अवस्थी (एपीएफ)
सारान समरी (आर्मी)
हरिबहादुर अधिकारी (आर्मी)
दुर्गा खड्का (आर्मी)
द्वारिका थापा (पुलिस)
दिपक राज जोशी (पुलिस)
नरेन्द्र गिरि (आर्मी)
राजु शेरचन (पुलिस)
राजकुमार निरौला (एपीएफ)
ईमबहादुर मगर (कप्तान) (पुलिस)
हरिहजुर थापा (आर्मी)
दुर्गा महतो (आर्मी)
विनोद बहादुर चन्द (एपीएफ)
इश्वर थापा मगर (आर्मी)
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]