6 years ago
July 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका गोप चित्रकारले गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न ‘वी आर अल एबल’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
गोपालले ४२ अंक जोड्दै ४१ अंक जोडेका दिपक कार्कीलाई पछाडि पारे । उनले काठमाडौंबाट सिंगापुरको दुईतर्फी हवाई टिकट प्राप्त गरे । उनले उक्त टिकट च्यारिटीलाई हस्तान्तरण गर्ने गरी बोलकबोलमा राखे । मेजर निश्चय जंग रायमाझीले ३८ ग्रास अंक जोड्दै बेस्ट गरस हात पारे । उनले ५ बर्डीसहित सर्वाधिक बर्डीको उपाधि पनि जिते ।
६० वर्षभन्दा माथिको उपाधि ब्रिगेडीयार जेनेरल दिलिप रायमाझीले हात पार्दा काउन्ट ब्याकमा मेजर जेनेरल महेश विक्रम कार्की र प्रभाकर अधिकारी उपविजेता बने । जुनियरतर्फ श्रियोग बस्नेत प्रथम र सद्भाव आचार्य दोस्रो भए । विजय श्रेष्ठ इन्ह्सले लंगेस्ट ड्राइभ र गोपाल चित्रकारले क्लोजेस्ट टु द पिनको अवार्ड जिते ।
प्रतियोगिताको आयोजना अबिलिटि डेभलपमेन्ट सोसाइटी अफ नेपाल (एड्सन) को सहयोगार्थ गरिएको थियो । विजेता खेलाडीलाई एड्सनका अध्यक्ष रविन्द्र राज पाण्डे, निर्देशक निर्मला ज्ञवाली, कोषाध्यक्ष उपेन्द्र पौडेल र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरे । प्रतियोगितालाई गोकर्ण गल्फ क्लब, लक्ष्मी बैंक, गोर्खा ब्रुअरी, एभरेस्ट इन्टरनेशनल टुर्स एण्ड ट्राभल्स, नबिल बैंक, एनआईसी एसिया बैंक, काठमाडौं मेडिकल कलेज, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनि र जनता बैंकले सहयोग गरेका थिए ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]