default_image

9 years ago

May 25, 2016

चेतनामूलक बोसिया खेलकुद प्रतियोगतामा अमिर पहिलो

78 views

0 Bookmark

अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघद्वारा आयोजित उपत्यकाव्यापी चेतनामूलक बोसिया खेलकुद प्रतियोगताको व्यक्तिगत स्पर्धामा एसइआरसी, बालुवाटरका अमिर बोम्जन बुधबार पहिलो भएका छन् । शान्ति सेवा गृह, गौशालाका बुद्ध राई दोश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको टिममा मस्कुलर डिस्ट्रपी फाउन्डेसन, ललितपुरका यजु महर्जन, अंकित श्रेष्ठ र आर्यन श्रेष्ठ सम्मिलित टोली पहिलो भए ।  स्वर्ग बाल गृह, भक्तपुरका सविन जती, जितमान तामाङ र आशिष कार्कीको टोली दोश्रो भए ।

विजेतालाई उप्रधान एवं महिला, बालवालिका तथा समाज कल्याण मन्त्री सीपी मैनाली, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, आयोजक बोसिया संघकी अध्यक्ष गोमा पौडेललगायलते पुरस्कृत गरे । प्रतियोगिताअघि संघकै आयोजनामा बैशाख २७ देखि जेठ ९ गतेसम्म बोसियाको प्रशिक्षण कार्यक्रम भएको थियो ।

December 25, 2024

२८ बजार मेलामा पुरुष र महिला भलिबल हुने

तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]

December 24, 2024

लगनशील ललितले टोलीलाई च्याम्पियन बनाउँदा गुमेको कार!

सुबास हुमागाईं, काठमाडौं यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ […]

December 24, 2024

केडिया ग्रुपको पुरुष फ्रेन्चाइज भलिबल लिग फागुनमा

काठमाडौं (हाम्रो खेलकुद)- केडिया ग्रुपले फागुनमापुरुष भलिबलको फ्रेन्चाइज लिग गर्ने भएको छ। केडिया ग्रुपले मंगलवार पत्रकार सम्मेलन गर्दै लिगमा ६ टोलीको सहभागिता रहने जानकारी दिएको छ। सिंगल राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो हुने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा १५ र फाइनल गरी कुल १६ खेल हुनेछन् । लिग नौ दिनसम्म चल्नेछ। […]

Success

Thank you for your time.