default_image

6 years ago

June 28, 2019

रेश्माको सहयोगार्थ मैत्रीपूर्ण भलिबल हुने

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस् अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीको सहयोगार्थ शनिबार मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ । 

एकदिने मैत्रीपूर्ण खेलको आयोजना जावलाखेल भलिबल केन्द्र तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडीले संयुक्त रुपमा गर्न लागेको बताइएको छ। मैत्रीपूर्ण खेल जावलाखेलस्थित भलिबल कोर्टमा हुनेछ । खेल ३ बजेपछि शुरु हुने संयोजक अन्जु श्रेष्ठ अमात्यले बताइन् । 

प्रतियोगिता संयोजक अन्जुले घरेलु भलिबलका चर्चित टोलीहरुबाट तीन टोली बनाई रेश्माको सहयोगार्थ मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्न लागेको हाम्रो खेलकुदलाई जानकारी दिइन् । नेपाल एपीएफ, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब र त्रिभुवन क्लबका खेलाडीहरुले ३ टोलीमा रहेर खेल्नेछन् ।

‘हामीले रेश्मालाई पिपुल्स च्वाइसमा जिताउनको लागि सहयोगार्थ स्वरुप मैत्रीपूर्ण खेल आयोजना गर्न लागेका हौं । भलिबल खेलाडी भएपछि माया लाग्छ, रेश्माले अवार्ड जितेको हेर्ने इच्छा छ । केही सहयोग होस् भनेर नै मैत्रीपूर्ण खेल आयोजना गर्न लागेका हौं ‘ अन्जुले भनिन् ।

मैत्रीपूर्ण खेलको लागि गेट पासको रुपमा ५० रुपैयाँ टिकट राखिएको छ । यसअघि पिपुल्स च्वाइसको अवार्ड मन्जु गुरुङ, सिपोरा गुरुङ, रमिला तन्डुकार र सरस्वती चौधरीले जितिसकेका छन् । भलिबलबाट मानबहादुर श्रेष्ठ र प्रतिभा माली मनोनयनमा परेपनि अवार्ड जित्न असमर्थ रहे । 

यसैबीच, पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेकी फुटबलकी सावित्रा भण्डारीको सहयोगार्थ राजधानीमा बिहीबार सम्पन्न प्रथम उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता दौरान चन्दा बाकस राखिएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइसमा रेश्मासँगै फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनमा प्रिन्स दाहाल, क्रिकेटका सन्दीप लामिछाने र बडिबिल्डिङका महेश्वर महर्जन मनोनयमा छन् । 

एसएमएस भोटिङ र फेसबुक लाइक अवार्डको अघिल्लो रातको १२ बजेसम्म खुल्ला रहनेछ । अवार्ड असार १७ गते नेपाल एकेडेमी हल कमलादीमा आयोजना हुदैछ ।

मञ्चले अवार्डको लागि पिपल्स च्वाइससँगै वर्ष उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । पारा एथलिट, स्पेशल र लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता अवार्डकै दिन घोषणा गरिने छ ।

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.