default_image

9 years ago

May 24, 2016

भेनस कप टेटेमा शिव र नविता च्याम्पियन

160 views

0 Bookmark

भेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका शिवसुन्दर गोथे र नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ मंगलबार च्याम्पियन बनेका छन् । शिव पुरुष र नविता महिला सिंगल्समा विजेता बने ।

TT champions
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा शिवले प्रहरीका दीप साउनलाई १४–१२, ७–११, ११–९, १२–१० र ११–७ को सेटमा पराजित गरे । त्यसअघि मंगलबारै भएको सेमिफाइनलमा शिवले एपीएफका पुरुषोत्तम वज्राचार्यलाई ४–० तथा दीपले एपीएफकै चन्दन शाहीलाई ४–१ ले हराएका थिए । सेमिफाइनलमा पराजितद्वय पुरुषोत्तम र चन्दनले तेश्रो स्थानमा चित्त बुझाए ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघ र रोटरी क्लब अफ नार्गाजुनद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा नविताले प्रहरीकै आफ्नै नन्द एलिना महर्जनलाई १२–१०, ११–८, ११–७ र ११–८ को सोझो सेटमा हराइन् । सेमिफाइनलमा नविताले अर्की आफ्नै नन्द एरिकालाई तथा एलिनाले नेपाल आर्मी क्लबकी रविना महर्जनलाई समान ४–० को नतिजामा पाखा लगाउदै फाइनल यात्रा तय गरेका थिए । हारसंगै एरिका र रविना तेश्रोमा सीमित भए ।
पुरुष/महिला सिंगल्समा पहिलो हुने २५ हजार, दोश्रोले १५ हजार तथा तेश्रो हुनेद्वयले समान ५–५ हजारका दरले नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र पाए ।

जुनियर ब्वाइज सिंगल्सको उपाधि प्राइमका श्यान्टु श्रेष्ठले जिते । फाइनलमा उनले आर्मीका नारायण घिमिरेको चुनौती ११–४, ११–५ र ११–६ को सीधा सेटमा समाप्त पारे । सुनसरीका सुबोध लिम्बू र प्राइमका विपिन महर्जन तेश्रो बने । उक्त स्पर्धाको गल्र्समा एभीएम क्लबकी लस्ता महर्जन पहिलो भएकी थिइन् । क्याडेट ब्वाइज सिंगल्समा एभीएमका रितिज जोशीले स्वर्ण चुमे । रितिजले फाइनलमा एभीएमकै सन्योग कपालीलाई ९–११, ११–८, १२–१०, ६–११ र ११–५ ले निराश पारे । स्वर्णिमका नाम्गेल लामा र एभीएमका डिकेन महर्जन तेश्रो भए । यो स्पर्धाको गल्र्समा सुनसरीकी दीक्षा दाहालले स्वर्ण जितिन् ।

विजेतालाई नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ यङ जिन, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र महासचिव कुवेर सिंह, आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्य, आयोजक रोटरी क्लबका अध्यक्ष शम्भु आम्गाईं, आरआई डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर केशव कुावरलगायतले पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा विभिन्न ८ जिल्ला र तीन विभागीय टोलीका २ सय ५० खेलाडीले ६ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 19, 2025

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]

February 19, 2025

च्याम्पियन्स ट्रफीको लाइभ आइसिसी टिभीमा

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]

Success

Thank you for your time.