6 years ago
June 23, 2019
पोखरा (हाम्रो खेलकुद) – गण्डकीका दुवै टोली, आर्मी ए र पुलिस ए पोखरामा जारी सातौ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको क्वाटरफाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको त्रिभुवन आर्मी ए ले एपीएफ ए लाई २१-१४,२१-१८ ले पराजित गर्यो । त्यस्तै अर्को खेलमा रमेश केसी र सन्जु विक्रम शाहीको गण्डकी ए ले आर्मी बी लाई २२-२०,१८-२१ र १५-१३ को सेटमा पराजित गरेको छ । त्यस्तै अर्को खेलमा चक्र कुँवर र तोरण चन्दको पुलिस ए ले प्रदेश ३ बी लाई २१-१५ र २१-९ को सोझो सेटमा पराजित गर्यो । त्यस्तै अर्को खेलमा राजु विक र अनिल मगरको गण्डकी बी ले पुलिसको बी टिमलाई ले २१-१२ र २१-१२ को ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो ।
पहिलो सेमिफाइनलमा आर्मी ए र गण्डकी ए बीच प्रतिस्पर्धा हुने छ । त्यस्तै अर्को सेमिफाइनल खेलमा पुलिस ए र गण्डकी बी बीच प्रतिस्पर्धा हुने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]