default_image

6 years ago

June 21, 2019

‘नेयमार रहरले पीएसजी आएका हुन्’

51 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार फरवार्ड नेयमार आफ्नै रहरले फ्रान्सेली क्लबमा आबद्ध भएको क्लबका अध्यक्ष नासेर अल खेलिफाले बताएका छन् ।

पछिल्लो समय क्लबसँग सम्बन्ध चिसिएको र अर्को सिजन उनी क्लबमा रहने वा नरहने भन्ने विषयमा चर्चा चलिरहँदा खेलिफाले यस्तो अभिव्यक्ति दिएका हुन् । पीएसजीले सन् २०१७ अगष्टमा २ सय २२ मिलियन युरो कीर्तिमानी ट्रान्सफर रकम तिर्दै उनलाई बार्सिलोनाबाट भित्र्याएको थियो । पीएसजीले यस सिजन नेयमारले क्लब छाड्न चाहेको खण्डमा उक्त रकमभन्दा केहि बढी प्रस्ताव गर्नुपर्ने माग राखेको छ ।

नेयमारले पीएसजीमा पछिल्लो समय लामो समय चोट र सहकर्मी खेलाडीसँग असमझदारीका कारण सुखद समय बिताउन सकेका छैनन् । पछिल्लो सिजन उनको जर्मन मिडफिल्डर जुलियन ड्राक्सलरसँग भनाभन परेको थियो । फ्रेन्च कप फाइनलपछि प्रेस्नेल किम्पेम्बे र अल्फोन्स एरिओलासँग पनि उनले बाझेको खबर निस्किएको थियो । यसैबीच क्लबका अध्यक्ष खेलिफाले अबका दिनबाट क्लबले अनुशासनमा थप कडाइ लगाउने बताएका छन् ।

‘क्लबमा आउने सबैलाई एउटै नियम लागु हुने हो । क्लबको लागि खेलेपछि यसको इज्जत गर्न जान्नुपर्छ । नेयमारलाई यहाँ आउँदा क्लबको भावी योजनाबारे राम्रो जानकारी थियो,’ उनले थपे, ‘ उनलाई यहाँ कसैले जबर्जस्ती गरेर ल्याएको होइन । उनले आफैं पीएसजीको योजना बुझेर क्लबसँग जोडिने चाहना व्यक्त गरेका थिए ।’

नेयमारले क्लब छाड्ने हल्ला चलिरहँदा अर्का युवा फरवार्ड किलियन एम्बाप्पे भने पीएसजीमै रहने पक्का भएको छ । नेयमार चोटका कारण कोपा अमेरिकाबाट बाहिरीएपछि अहिले विश्राममा छन् । उनले अर्को सिजन कहाँबाट खेल्छन् भन्ने टुंगो लागेको छैन । पीएसजीले उचित रकमको प्रस्ताव आएमा उनलाई अन्यत्र जान दिने बुझिएको छ ।

February 20, 2025

एरिकालाई के वान युथ लिगमा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले‌ जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]

February 20, 2025

गिलको शतकमा भारतको विजयी सुरुवात

एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको‌ हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]

February 20, 2025

भारतका आशुतोषलाई विदुर मेयर कप चेस उपाधि

नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।  नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको‌ प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्।  बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]

Success

Thank you for your time.