default_image

6 years ago

June 15, 2019

कुलबहादुरको टोलीले ईमको टोलीलाई हरायो

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको मैत्रीुपर्ण खेलमा राष्ट्रिय टोलीका उपकप्तान कुलबहादुर थापाको कप्तानीमा रहेको नेपाल नीलो  विजयी भएको छ ।

नेपाल नीलोले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ईमबहादुर रानाको कप्तानीमा उत्रिएको नेपाल रातोलाई २–१ को सेटमा पराजित गरेको हो । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद बिकास केन्द्रको कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपाल नीलोले २५–२३ ले जितेको थियो । दोस्रो सेट नेपाल रातोले २५–२१ ले आफ्नो पक्षमा पारेपछि खेल १–१ को सेटमा पुगेको थियो । निर्णायक सेट नेपाल निलोे १५–१३ ले आफ्नो पक्षमा पार्दै मैत्रीपुर्ण खेल जितेको हो ।

नेपाल भलिबल संघले साउन ३२ देखि भदौ ८ सम्म नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताका mागि प्रारम्भिक चरणमा रहेका २५ सदस्यीय टोलीलाई दुई समूहमा विभाजन गरेर मैत्रीपुर्ण खेल खेलाएको हो ।

नेपाल रातोमा कप्तान ईम राना, दीपक राज जोशी, राजु शेरचन, विशाल विक, धन बहादुर भट्ट क्षेत्री, भैरव बम, इश्वर थापा, शरण सामरी क्षेत्री, हरि अधिकारी, राज कुमार निरौला, सुजन चोखाल योकेन्द्र गुरुङ र भीम गाहा मगर रहेका थिए ।

नेपाल नीलोमा कप्तान कुल बहादुर थापा, द्धारिका थापा, रविन चन्द, हरि हजुर थापा, नरेन्द्र गिरी, दुर्गा महतो, राजेन्द विष्ट, दुर्गा बहादुर खड्का, विनोद चन्द, टेकराज अवस्थी, सुरेन्द्र बम र दुर्गा सुनार रहेका थिए ।

सेन्ट्रल जोनका लागि नेपाली टोलीले प्रशिक्षण शुरु गरिसकेको छ । असार ५ गतेदेखि नेपाली टोलीलाई डच प्रशिक्षक हान एबीङले प्रशिक्षण दिनेछन् । नेपाल भलिबल संघले नेदरल्यान्ड भलिबल संघ र एफआइभीबीसँगको सहकार्यमा निकै नै अनुभवी र २५ वर्षे लामो भलिबल प्रशिक्षण गरेका ५८ वर्षीय एबीङलाई ३ महिनाको लागि अनुबन्ध गरेको छ । उनी ४ असारमा नेपाल आइपुग्ने तालिका छ । आधुनिक ओलम्पिक शुरु भएको २३ जुनलाई आधार मानेर आज शनिबादेखि एक सातासम्म देश भर नै ओलम्पिक डे शुरु भएको छ । यसको समापन २३ जुनमा हुनेछ ।

खेलको भिडियो हेर्नुहोस् :

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

क्रिजललाई महिला फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]

Success

Thank you for your time.