6 years ago
June 13, 2019
नुवाकोट (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले नुवाकोटमा बिहीबारदेखि सुरु भएको प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको पुलिसले आयोजक विदुर नगरपलिकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरेको हो । एकपक्षीय बनेको खेलमा पुलिसले विदुरमाथि २५–९, २५–१५ र २५–१४ को सहज जित निकाल्यो ।
प्रतियोगितामा आयोजक विदुर नगरपालिकासँगै तीन विभागीय टोली नेपाल एपएिफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । यस्तै होङगान्जी न्यु डायमण्ड एकेडेमी, सिन्धुपाल्चोक भलिवल टिम र पारामाउन्ट स्कुल कुलेश्वरले पनि प्रतियोगितामा सहभागिता जनाएका छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक विदुर नगरपालिका, नेपाल पुलिस क्लब, सिन्धुपाल्चोक र होङगान्जी न्यु डायमन्ड एकेडेमी रहेका छन् । समूह ‘बी’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब र पारामाउन्ट स्कुल रहेका छन् । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
विदुर नगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा भएको प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ७५ हजार तथा तेस्रोले ४० हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार र व्यक्तिगत विधाका स्पाइकर, सेटर, ब्लकर, लिवेरो र सर्भरले जनही ३ हजार पाउने नुवाकोट भलिवल संघका अध्यक्ष सुवास पाण्डेले जानकारी गराए । प्रतियोगिता आगामी असार २ गतेसम्म संचालन हुनेछ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]