default_image

6 years ago

June 8, 2019

एक वर्षपछि पुलिसमाथि आर्मीको जित

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले झन्डै एकवर्ष अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँगको हारको श्रृंखला टुङ्ग्याएको छ ।

करिव एक वर्ष दौरान आर्मीले पुलिससँग ६ फाइनलमा हार बेहोरेको थियो । त्यो हारको श्रृंखलालाई आर्मीले शुक्रबार चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुलिसलाई ३–१ ले हरादै टुङ्ग्याएको हो । एक वर्षे दौरानको आर्मीले सातौं खेलमा पुलिसलाई हराएको हो ।

गत वर्ष जेठमा भएको प्रथम सभामुख कप राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप यता आर्मीले पुलिसलाई पराजित गर्न सकेको थिएन । आर्मी सबै प्रतियोगिताको फाइनलमा पुलिससँग पराजित भएको थियो । आर्मी प्रथम सभामुख कप, दोस्रो सभामुख कप, चितवनमा भएको आमन्त्रण पुरुष भलिबल प्रतियोगिता, चितवनको माडीमा भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, आठौं राष्ट्रिय खेलकुद र पाथिभारा राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको सबै खेलको फाइनलमा पुलिससँग पराजित भएको थियो ।

शुक्रबार आर्मीको घरेलु मैदान सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले पहिलो सेट १९–२५ ले गुमाएको थियो । त्यसपछि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै सबै तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा १६–२१ को अवस्थामा पछि रहँदा आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २८–२६ को जित निकाल्दै खेलमा फर्किएको थियो । तेस्रो सेटमा २१–१९ को अग्रता लिएर पनि आर्मी हार नजिक पुगेको थियो । तर, आर्मीले पुलिसलाई २४ अंकमा रोक्दै २६–२४ को जित जित निकाल्यो । चौथो सेटमा भने आर्मीले २५–१७ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

आर्मी यस प्रतियोगितामा लगातार चौथोपटक फाइनलमा पुग्न सफल भएको हो । यसअघिको तीनै संस्करणको च्याम्पियन आर्मीले फाइनलमा विभागीय गण्डकी प्रदेशको सामना गर्नेछ । गण्डकीले विभागीय नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । आर्मी र गण्डकीबीचको फाइनल सोमबार हुने आयोजक नेपाली सेनाले जनाएको छ ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

Success

Thank you for your time.