default_image

6 years ago

June 7, 2019

पुलिसलाई हराउँदै आर्मी फाइनल

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब चौथो प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लगनखेलस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा आर्मीले पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै पुलिसलाई ३-१ ले पाखा लगाउँदै लगातार चौथो उपाधि जित्ने सम्भावना कायम राख्यो । पहिलोसेट २५-१९ ले गुमाएको आर्मीले दोस्रो सेट २८-२६ ले जितेको थियो । तेस्रो सेटमा आर्मीले दोस्रो सेटको प्रदर्शनलाई निरन्तरता दिँदै २६-२४ को जित दर्ता गर्यो ।

चौथो सेटमा आर्मीले घरेलु कोर्टमा दर्शकको उल्लेख्य साथलाई जितमा बदल्न सफल भयो । आर्मीले चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो । यसअघि तीनै संस्करण जितेको आर्मी लगातार चौथो उपाधि जित्ने दाउमा छ ।

त्यसअघि दिनको पहिलो सेमिफाइनलमा विभागिय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको थियो । गण्डकीले २५-२३, २१-२५, २५-२३, २९-२७ को जित निकाल्दै फाईनलमा स्थान पक्का गरेको हो । फाइनल खेल आइतबार हुनेछ भने तेस्रो स्थानको खेल शनिबार खेलिनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

Success

Thank you for your time.