default_image

6 years ago

June 5, 2019

आर्मीको एपीएफसँग हार, गण्डकी पुलिससँग पराजित

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह चरणका अन्तिम खेलमा हार बेहोरेको छ ।

दुवै टोलीले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका थिए । दुवै टोलीले जित हात पारेको भए आ–आफ्नो समूहको विजेता बन्ने थियो । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा बुधबार भएको खेलमा आर्मी अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको हो ।

निकै खराब प्रदर्शन गरेको आर्मीले पहिलो सेट १४–२५ ले गुमाउँद दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो सेट २५–२० ले जित्दै खलेमा फर्कने प्रयास गरेपनि आमी चौथो सेटमा २१–२५ ले परजति हुन पुग्यो । एपीएफको यो लगातार तेस्रो जित हो । अब बिहीबार सफलता हात पारे एपीएफ समूह ‘क’ को विजेता बन्नेछ ।

बुधबारै भएको समुह ‘ख’ को खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित भयो । पुलिसले गण्डकीलाई २५–२१, २५–१५ र २५–१६ ले हरायो । पुलिसको यो लगातार तेस्रो जित हो । पुलिसले पनि बिहीबार जित हात पारे समूह ‘ख’ को विजेता बन्नेछ । यो समूहबाट गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

बुधबारको अन्य खेलमा प्रदेश १ ले सुदूरपशिचम प्रदेशमाथि २५–२२, २५–१४, १४–२५ र २५–१३ को जित निकाल्यो । अर्काे खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई ३–२ को रोमाञ्चक सेटमा हरायो । निकै प्रतिपर्धात्मक बनेको खेलमाप्रदेश ५ ले सुरुवाती दुई सेट २५–१८ र २५–१५ ले जितेपनि बाँकी दुई सेट प्रदेश ३ ले २५–२३ र २५–२० ले जित्दै खेल २–२ को बराबरीमा पुगेको थियो । निर्णायक सेटमा प्रदेश ५ १५–९ ले विजयी हुन सफल भयो ।

लिगमा बिहीबार समूह चरणका चार खेल हुनेछ । पहिलो खेलमा एपीएफ र प्रदेश १, नेपाल पुलिस र प्रदेश ३, सुदूरपश्चिम प्रदेश र प्रदेश २ तथा प्रदेश ५ र कर्णाली प्रदेशबीच खेल हुनेछ । २६ जेठसम्म गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.