6 years ago
June 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् ।
सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा सोमबार भएको खेलमा यसअघिको तीनै संस्करणको च्याम्पियन आर्मीले प्रदेश १ माथि ३–० को सहज जित निकाल्दै समूह ‘क’ मा लगातार दोस्रो जित दर्ता गरेको हो । आर्मीले यसअघि सुदूरमाथि ३–० को सहज जित निकालेको थियो ।
एकपक्षीय खेलमा आर्मीले प्रदेश १ माथि २५–२०, २५–१२ र २५–१७ को सहज जित निकाल्यो ।
सोमबारै भएको अर्काे खेलमा गण्डकी प्रदेशले प्रदेश ३ माथि ३–० को जित निकाल्दै समूह ‘ख’ मा लागतार दोस्रो जित निकाल्यो । गण्डकीले प्रदेश ३ माथि २ प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा २६–२४ को जित निकालेपनि त्यसपछिको दुवै सेटमा २५–१४ र २५–१४ को सहज जित निकाल्यो ।
समूह ‘क’ मा विभागीय नेपाल एपीएफ क्लबले प्रदेश २ माथि ३–० को सहज सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ । एपीएफले प्रदेश २ माथि २५–१९, २५–१४ र २५–१४ को सहज जित निकाल्यो । समूह ‘ख’ मा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि २५–१५, २५–२१ र २५–१५ को सहज जित निकाल्दै विजयी शुरुवात गर्यो ।
लिगमा मंगलबार समूह चरणका चार खेल हुनेछ । पहिलो खेलमा आर्मी र प्रदेश २, गण्डकी र कर्णाली प्रदेश, सुदूरपश्मि र एपीएफ तथा प्रदेश ५ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । २६ जेठसम्म गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]