default_image

9 years ago

May 14, 2016

हेमन र मञ्जु पोखरा बर्ष खेलाडी, थापालाई लाइफ टाइम

89 views

0 Bookmark

नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाद्वारा आयोजित प्रथम पोखरा स्पोर्टस अवार्ड वर्ष उत्कृष्ट खेलाडी २०७२ बाट फुटबलका हेमन गुरुङ र मञ्जु गुरुङ सम्मानित भएका छन् ।

FB_IMG_1463238679468

नेपाली राष्ट्रिय फुटबल टिमका हेमन गुरुङले वर्ष खेलाडीबाट सम्मानित हुने क्रममा शारीरिक सुगठनका सुरेश गुरुङ र आर्चरीका असिम शेरचनलाई पछि पारे । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलले स्वर्ण जित्दा हेमन टिमका सदस्य हुन् । 

महिला वर्ष खेलाडीबाट भलिबलकी चर्चित खेलाडी मञ्जु गुरुङ सम्मानित भएकी छिन् । यो विधामा मञ्जुसँगै भलिबलकी अर्की खेलाडी अरुणा शाही र उसुकी झरना गुरुङ मनोनयनमा परेका थिए । १२ सागमा महिला भलिबलले नेपाललाई कास्य पदक दिलाउँदा मञ्जु टिमकी महत्वपूर्ण खेलाडी थिइन् । उत्कृष्ट खेलाडीद्वय मञ्जु र हेमनलाई २५–२५ हजार प्रदान गरिएको छ ।
पछिल्लो पाँच वर्ष राष्ट्रिय टिममा पु¥याएको योगदान र २०७२ सालको प्रदर्शनको आधारमा विजेता चुनिएको हो । लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक एवंम् खेलाडी सम्मानित भएका छन् । थापा नेपालले सन् १९८४ मा पहिलो दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) मा नेपालले स्वर्ण पदक जित्दाका सदस्य हुन् । सम्मानपश्चात भावुक बनेका थापाले आप्mनो जन्मस्थानमा पाएको यो सम्मान जीवनको ठूलो उपलब्धि भएको बताए । वर्ष प्रशिक्षकबाट कराँतेका सुरेन्द्र गुरुङ सम्मानित भएका छन् । यो विधामा भलिबलकी कौशिला खत्री र फुटबलका शम्भु केसी मनोनयनमा परेका थिए । भलिबल तथा एथलेटिक्स खेलाडी शशी चौधरी नवप्रतिभा पुरस्कारबाट सम्मानित भएकी छिन् । उनलाई १० हजार प्रदान गरिएको छ ।
आगामी वर्षदेखि यो कार्यक्रम आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्ले एक लाख उपलब्ध गराउने सदस्यसचिव केशवकुमार विष्टले बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको केन्द्रसँगको समन्वयनमा कास्कीले पहिलोपटक स्पोर्टस अवार्ड आयोजना गरेको हो । अवार्डका लागि मञ्चका केन्द्रिय अध्यक्ष महेश आचार्य पोखरा पुगेका थिए ।

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

ललितपुर स्पोर्टस अवार्ड हुने

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]

Success

Thank you for your time.