default_image

6 years ago

May 28, 2019

कप्तान विनिता र उपकप्तान मन्जु प्रारम्भिक छनोटबाटै बाहिरिए

173 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलाई बाहिर राख्दै दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको २५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक भएको छ ।

आठौँ राष्ट्रिय खेलकुदमा सर्भीस गर्दै मन्जु गुरुङ

नेपाल भलिबल संघले टोलीमा अनुभवी खेलाडी नेविका चौधरी र कोपिला उप्रेतीलाई पनि बाहिर राखेको छ । त्यसैगरी विभागीय टोली पुलिसकी मनिषा चौधरी र आर्मीकी कृपा अधिकारी पनि छनोटमा पर्न सकेनन् । विभागीय टोलीबाट १५ र प्रदेशका टोलीबाट १० खेलाडीसहित कुल २५ खेलाडी प्रारम्भिक छनोटमा अटाएका छन् । खेलाडी छनोटका लागि गठन गरिएको ५ सदस्यीय समितिले संघलाई नामावली बुझाएको थियो । खेलाडी छनोट समितिमा भलिबलकी प्रमुख प्रशिक्षक सलिना श्रेष्ठ, संघका उपाध्यक्ष यामबहादुर गुरुङ, जगदीशप्रसाद भट्ट, सुदेशकुमार रिमाल र मनवीर छन्त्याल रहेका छन् ।

नेपालगंजमा गत महिना सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको प्रदर्शनलाई आधार मानेर खेलाडी छनोट गरिएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘ हामीले समितिलाई आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनलाई आधार मानेर छनोट गर्न भनेका थियौं । टोलीमा १० खेलाडी प्रदेशको टोलीबाट आउनु भनेको भलिबलको लागि सुखद खबर हो । यसले भलिबल अब विभागमा मात्र सिमित नभएर देशभर नै पुगेको पुष्टि हुन्छ,’ उनले भने । चन्दले राखेपसंग समन्वय गरेर छिट्टै प्रशिक्षण सुरु गरिने पनि जानकारी दिए ।

प्रारम्भिक टोली :
प्रतिभा माली – प्रदेश ३
सरस्वति चौधरी – एपीएफ
निरुता ठगुन्ना – आर्मी
शान्ति थारु – आर्मी
उषा भण्डारी – पुलिस
लक्ष्मी कुमाल – गण्डकी प्रदेश
पुष्पा शाही – कर्णाली प्रदेश
आरती सुवेदी – प्रदेश ३
सुनिता खड्का – आर्मी
पुनम चन्द – गण्डकी प्रदेश
सोफुया पुन – आर्मी
कविता भट्ट – एपीएफ
हिरा केसी – एपीएफ
उषा विष्ट – एपीएफ
रेश्मा भण्डारी – एपीएफ
चन्द्रकला खरेल – पुलिस
संगम महतो – आर्मी
ममता डगौरा – गण्डकी प्रदेश
जानकी भण्डारी – आर्मी
अरुणा शाही – गण्डकी प्रदेश
सरस्वति कट्टेल – प्रदेश ५
कमला पुन – पुलिस
सलिना श्रेष्ठ – प्रदेश ३
शान्ति तामाङ – पुलिस
यामकली कुँवर – गण्डकी प्रदेश

पुरुष टोलीमा : मानबहादुर राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमै परेनन्

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.