default_image

6 years ago

May 27, 2019

आर्मीका कप्तान मानबहादुर टोलीमा फर्किए

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठ
विभागीय कारवाहीपछि टोलीमा फर्किएका छन् ।

मानबहादुरले नेपाली सेनाको आयोजनामा हुने चौथो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताबाट पुनरागमन गर्न लागेका हुन् । प्रधानसेनापति भलिबल १९ जेठबाट २३ जेठसम्म लगनखेलमा आयोजना हुँदैछ । स्वीकृतिविनै मैत्रीपुर्ण खेल खेल्न जापान गएको भन्दै मानबहादुरलाई विभागीय कारवाही गरिएको थियो । कारवाही स्वरुप मानबहादुरले आठौं राष्ट्रिय खेलकुद र ताप्लेजुङमा भएको पाथिभारा पुरुष भलिबल प्रतियोगिता गुमाएको थिए ।

आर्मीका प्रशिक्षक तथा वरिष्ठ भलिबल प्रशिक्षक कपिलकिशोर श्रेष्ठले मानबहादुर टोलीमा फर्किएको बताएका छन् । विभागले भन्दा पनि मानलाई आफ्नै गणले सामान्य कारवाही गरेको जानकारी गराउँदै प्रधानसेनापति भलिबलमा उनी उपलब्ध हुने बताएका छन् । उनले टिमसँगै प्रशिक्षण थालिसकेका छन् । मानबहादुरको आगमनसँगै टिम सन्तुलित हुने प्रशिक्षक श्रेष्ठले बताए ।
मानबहादुर टिममा नरहेसँगै आर्मी केही कमजोर जस्तै देखिएको थियो । पछिल्लो दुई प्रतियोगिताको फाइनलमा मानबहादुर विनाको आर्मी पुलिससँग पराजित हुदै उपाधि विमुख बनेको थियो ।

मानबहादुरले यसअघि नै आफू स्वीकृतिविना नै जापान खेल्न जानु आफ्नो बाध्यता रहेको बताइसकेका थिए । ‘यो प्रतियोगिताको लागि ६ महिनाअघि देखि नै तयारी रहेको थियो । आयोजक समितिले निकै खर्च गरिसकेको र वचन दिइसकेको र आठौं लगातार सरेपछि नै समस्या भएको हो । आठौको भलिबल खेल तालिका सार्वजनिक भए मैले समूह चरणको केहि खेल मात्र गुमाउने स्वीकृतिको लागि आग्रह गरेपनि विभागबाट स्वीकृति नआएपछि आठौं छाड्न बाध्य भएको बताएका थिए ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.