9 years ago
May 13, 2016
काठमाडौं– नेतृत्वका लागि यसअघि निकै रस्सा कस्सी चल्दै आएको नेपाल भलिबल संघमा यसपट मुख्य नेतृत्व सर्वसम्मतमा चुनिएको छ । पूर्व अध्यक्ष गंगाबहादुर थापा र निर्वतमान अध्यक्ष दानबहादुर तामाड्ले सर्वसम्मत नेतृत्व लिन चाहेपनि नेकपा एमालेको भातृ सगठनले नेपाल खेलकुद महासंघको पहलमा मनोरञ्जनरमण शर्मा अध्यक्ष चुनिएका छन् । उनी यसअघि संघको उपाध्यक्ष छन् ।
शर्माको प्यानलबाट महासचिव बन्ने प्रयासमा रहेका जितेन्द्रबहादुर चन्दले यसपटक विना प्रतिस्पर्धा उक्त जिम्मेवारी पाएका छन् । उनी दानबहादुरको कार्यकालमा पनि महासचिव नै थिए । यसअघि सदस्य रहेक सुनकेशरी माली निर्विरोध कोषाध्यक्ष बनेकी छिन् ।
नयाँ संविधान अनुसार संघिय संरचनालाई आत्मसात गर्दै संघको सातौं साधारण सभाले शुक्रबार पास गरेको विधान अनुसार ३९ सदस्यीय केन्द्रिय समिति पास गरेको छ । प्रत्येक प्रदेशबाट १÷१ निर्वाचित हुने गरि ७ जना सचिवको व्यवस्था गरेको छ । यसअघि केन्द्रिय सदस्य रहेकाले मात्र उम्मेदवारी दिन पाउने सचिव पनि निर्विरोध भएको छ । प्रदेश नं १ बाट मदन खड्का र २ बाट रामनाथ भण्डारी सचिव चुनिए । यसअघि पनि खड्का र भण्डारी सचिव थिए । २ नम्बरबाट यसअघि केन्द्रिय सदस्य नभएका कारण भणडारीको उम्मेदवारी परेको थियो । प्रदेश नं ३ बाट मनवीर छन्त्या, ४ बाट डीबी नेपाली, ५ बाट मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, ६ बाट श्याम श्रेष्ठ र ७ बाट जगजित भट्टको मात्र उम्मेदवारी परेपछि सबै निर्विरोध बनेका छन् ।
अध्यक्षसहित निर्वाचनबाट २५, निर्वमान अध्यक्ष तथा २ उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट २ सहित ११ जना सदस्य मनोनित गरि केन्द्रिय समिति ३९ सदस्यी हुनेछ ।
साधारण सभाले १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ७ सचिव, १ कोषाध्यक्ष र १० सदस्य निर्वाचित गर्नेछ । अब ५ उपाध्यक्ष र १० सदस्यका लागि शनिबार निर्वाचन हुनेछ । उपाध्यक्ष र सदस्यमा आकंक्षी धेरै ेदेखिएका छन् । यसअघिका उपाध्यक्ष वीरेन्द्र खड्का, सचिव टिएस ठकुरी, कोषध्यक्ष निरोज मास्के, हरकसिंह धामी, बुद्धिबहादुर कटुवाल लगायतले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यमा १९ जनाले उम्मेदवारी दिएका छन् ।
७५ जिल्ला, ५ क्षेत्र, खेलाडी, रेफ्री र केन्द्रिय समिति गरि झन्डै १ सय ३० ले भलिबल संघको मतदानमा भाग लिनेछन् । शुक्रबारको बन्द सत्रमा महासचिव जितेन्द्रबहादुर चन्द र कोषाध्यक्ष निरोज मास्केको आर्थिक प्रतिवेदन सर्वसम्मतले पास भएको थियो ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]