6 years ago
May 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो चन्द्रागिरी उपमेयर कप खुल्ला छात्रा भलिबल प्रतियोगिताको उपाधि घरेलु टोली होङ्ग्वान्जी न्यु डायमन्डले जितेको छ ।
न्यु डायमन्ड एकेडेमीले पारामाउन्ट स्कुलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै च्याम्पयन बनेकाे हो । डायमन्डले ३५-११, २५-२०,२५-२१ ले आफ्नो पक्षमा बनायाे । उपाधिसँगै न्यू डायमन्डले ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । थ्री स्टार एकेडेमीले विजेश्वरी ज्ञान मन्दिरलाई २५-१९, २५-१९ र २५-११ ले पराजित गर्दै तेस्राे स्थान हात पार्याे ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले भलिबल नेपालको राष्ट्रिय खेल भएको दिनलाई विशेष बनाउने उद्देश्यले गत वर्षदेखि खुल्ला छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ६० तथा दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार, १५ हजारनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले १० हजार रुपैया प्राप्त गर्नेछन् ।
सर्वाेत्कृष्ट खेलाडी १ हजार ५ सय र व्यक्तिगत विधातर्फ (स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर) लाई १ हजार रुपैया पाउनेछ । पहिलो संस्करणमा न्यु डायमन्ड एकेडेमी च्याम्पियन बनेको थियो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]