6 years ago
May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो चन्द्रागिरी उपमेयर कप खुल्ला छात्रा भलिबल प्रतियोगिताको उपाधि भिडन्तमा घरेलु टोली होङ्ग्वान्जी न्यु डायमन्ड भिड्ने भएको छ ।
न्यु डायमन्डले शुक्रबार विजेश्वरी ज्ञानमन्दिरलाई २५-३, २५-१०, २५-५ ले हरायाे । अर्काे सेमिफाइनल खराव लाइटका कारण राेकिएकाे छ। चाैथाे सेटकाे खेल हुनु अघि पारा माउन्टले थ्री स्टार एकेडेमी विरुद्व २-१ काे अग्रता लिदा लाईट नपुगेपछि खेल राेकिएकाे हाे । खेल शनिबार बिहानै हुने अायाेजक जनाएकाे छ ।
पहिलाे र दाेस्राे सेट पारामाउन्टले २५-१९, २५-१४ ले जितेकाे थियाे । तेस्राे सेट थ्रीस्टारले २५-२० ले जितेकाे थियाे ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले भलिबल नेपालको राष्ट्रिय खेल भएको दिनलाई विशेष बनाउने उद्देश्यले गत वर्षदेखि खुल्ला छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार, १५ हजारनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले १० हजार रुपैया प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी १ हजार ५ सय र व्यक्तिगत विधातर्फ (स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर) लाई १ हजार रुपैया पाउनेछ । पहिलो संस्करणमा न्यु डायमन्ड एकेडेमी च्याम्पियन बनेको थियो ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]