9 years ago
May 13, 2016
नेपाल भलिबल संघको सातौं साधारण सभा तथा केन्द्रिय निर्वाचनको अवसरमा उत्कृष्ट जिल्ला संघ र भलिबलको विकासमा योगदान पु¥याउनेलाई सम्मान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद(राखेप)सदस्य सचिव केशब कुमार विष्ट र नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ लगायतले राष्ट्रिय टोलीका पुर्व खेलाडी दुर्ज कुमार राई, प्रशिक्षक एवम पुर्व राष्ट्रिय टोलीका सदस्य कपिल किशोर श्रेष्ठ र खेल पत्रकार कमल खत्रीलाई सम्मान गरे । शुक्रबार सुरु भएको साधारण सभाले नयाँ नेतृत्व चयन गदैछ । साधारण सभामा नियमित रुपमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने ११ संघ र संस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सदस्य सचिव विष्टले भलिबललाई नेपालको राष्ट्रिय खेलको रुपमा सिफारिस गरिएको बताए । उनले नेपालमा भलिबलले लोकप्रियता हासिल गर्नमा वर्तमान नेतत्वले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
भलिबल संघका अध्यक्ष दान बहादुर तामाङले साधारण सभाले निस्वार्थ रुपमा भलिबलको विकास गर्ने नेतृत्व चयन गर्न सफल हुने बताए । उनले भने, ‘भबिललमा के कति काम भए । त्यो तपाईहरुले देख्नु भएको छ । अब भलिबललाई ब्यासायिक रुपमा अगाडी बढाउन जरुरीछ । त्यसको लागी सबैले ब्यक्तिगत स्वार्थ त्यागेर काम गर्नु पर्छ ।’ नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले पदाधिकारी चयनमा जस्तो नतिजा आएपछि भलिबलले जित्ने वातावरण बनाउनु सबै भलिबल कर्मीको दायित्व भएको बताए ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]