6 years ago
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले न्यु डायमन्ड एकेडेमी नैकापमा दोस्रो ‘भलिबल डे’ मनाएको छ । पहिलो संस्करण पनि न्यु डायमन्डमै भएको थियो ।
दोस्रो भलिबल दिवस सांसद कृष्ण गोपाल श्रेष्ठ, पूर्व खेलकुद मन्त्री दलजित विके श्रीपाइली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा मदन भण्डारी स्पोर्टस एकेडेमीका पदाधिकारी लगायतले बेलुन उडाएर सेलेब्रेसन सुरु गरे । नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल दिवस मनाउने निर्णय गरेको थियो ।
भलिबल दिवसकै अवसरमा एपीएफ, न्यु डायमन्ड र गण्डकी प्रदेशका खेलाडी सहितको ‘ए’ र ‘बी’ टोलीबीच भलिबल सेलेब्रेसन मैत्रीपुर्ण खेल भएको थियो । जसमा ‘ए’ टोली २५–१६ ले विजयी भएको । ‘ए’ को कप्तानी प्रतिभा माली तथा ‘बी’ को कप्तानी रेश्मा भण्डारीले गरेकी थिइन् ।
दुई वर्षअघि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी केन्द्रकै दलजित विके श्रीपाइली युवा तथा खेलकुद मन्त्री भएको कार्यकालमा नेपाल सरकारले जेष्ठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । सोही दिनलाई सम्झना गर्दै संघले जेठ ८ लाई भलिबल दिवसको रुपमा मनाउदै आएको छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]