default_image

6 years ago

May 16, 2019

‘श्रीपेच विनाको राजा’

140 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली गल्फमा बिहीबार नयाँ इतिहास रचियो । नेपालको व्यावसायिक गल्फले झन्डै एक दशकपछि भुवन नगरकोटीका रुपमा नयाँ नम्बर १ खेलाडी पायो । बिडम्बना भन्नुपर्छ, नम्बर १ खेलाडीले यस सिजन सूर्य नेपाल गल्फ टुरअन्तर्गतका कुनै प्रतियोगितामा उपाधि जितेनन् । भुवनकै शब्दमा भन्ने हो भने उनी श्रीपेच विनाको राजा’ भएका छन् ।

भुवन नगरकोटी

यस सिजन सूर्य नेपाल गल्फ टुरका ९ इभेन्ट मध्य ४ इभेन्टको उपाधि एमेच्योर गल्फरहरुले हात पारे । त्यसमा शुक्रबहादुर राईले २ तथा टंकबहादुर कार्की र सुवास तामाङले १-१ उपाधि जिते । व्यावसायिक गल्फरमा उपाधि जित्ने खेलाडी शिवराम श्रेष्ठले तीन उपाधि जित्दा धनबहादुर थापा र संजय लामाले १-१ उपाधि हात पारे । शिवरामले सिजनको सुरुवाती ५ प्रतियोगिता मात्र खेलेपनि दोस्रो वरीयता हासिल गरे ।

भुवनले टुरभर समग्रमा ६ लाख ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका भुवन नगरकोटी नयाँ नम्बर १ गल्फर बने । पछिल्ला ४ इभेन्टमा सहभगिता नजनाएका शिवराम श्रेष्ठ ४ लाख ६० हजार ५ सय रुपैयाँसहित दोस्रो वरीयतामा रहे ।

तेस्रो वरीयतामा विकास अधिकारीले ४ लाख ११ हजार ३ सय ३३ रुपैयाँ जिते । वेस्टर्न ओपनको उपाधि जितेका संजय लामा कुल ३ लाख ८६ हजार ५ सय रुपैयाँसहित चौथो तथा गल्फर पाइलट्स एनपीजीए ओपन जितेका धनबहादुर थापा ३ लाख ८१ हजार १ सय ६७ रुपैयाँसहित पाँचौ भए ।

प्रिमियर गल्फको २ लाख ३० हजार रुपैयाँको चेक ग्रहण गर्दै भुवन

यस सिजन शुक्रले दुई प्रतियोगिताको उपाधि नै जिते । उनले बिहीबार गोकर्ण गल्फ कोर्षमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जित्नुअघि घरेलु कोर्ष धरानमा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि पनि जितेका थिए । टंकले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप तथा सुवासले सूर्य नेपाल च्यालेन्जको उपाधि हात पारे ।

एमेच्योर गल्फरहरुको सफलता छोटो समयको मिहेनतले प्राप्त भएको भने होइन । नेपाल गल्फ संघका अध्यक्ष टासी घले यो सबै खेलाडीको अथक मिहेनतकै कारण सम्भव भएको बताउँछन् ।

‘संघले लामो समयदेखि एमेच्योर खेलाडीहरुको प्रशिक्षणलाई लिएर कार्यक्रम संचालन गरिरहेको छ । यस सिजन एमेच्योर खेलाडीहरुले ४ उपाधि जिते । उपाधि जित्ने तीनैजना गल्फर निकै प्रतिभावन छन् । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रतिनिधित्व गरेका यिनीहरु नेपाली गल्फका भविष्य हुन्,’ उनले भने ।

शुक्रबहादुर राई

नेपालले यसै वर्ष आयोजना गर्ने दक्षिण एसियाली खेलकुद (साग) मा पनि गल्फ खेल समावेश गरिएको छ । नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) का महासचिव दीपक आचार्य नेपालले सागको टिम विधामा स्वर्ण पदक ल्याउने बलियो सम्भावना रहेको बताउँछन् ।

‘हामीसँग अहिले एमेच्योर गल्फरहरुको उत्कृष्ट समूह छ । प्रोफेसनल टुरमा झन्डै आधा उपाधि एमेच्योरहरुले जित्नुले पनि यसलाई सिद्ध पारेको छ । गल्फ संघले लामो समयदेखि खेलाडीहरुमा गरेको लगानीको प्रतिफलको रुपमा यसलाई लिन सकिन्छ,’ उनले भने ।

एमेच्योर शुक्र पनि लगातार मिहिनेतकै कारण यो सफलता हात लागेको स्वीकार्छन् । ‘ हामीले पछिल्लो समय निकै मिहिनेत गरेका छौं । विदेशमा प्रतियोगिता खेल्ने देखि प्रशिक्षण लगायत थुप्रै कार्यक्रममा सहभागी भएका छौं । विहानदेखि बेलुकासम्म गल्फ कोर्षमा नै समय बितिरहेको छ,’ उनले थपे, ‘अब हाम्रो लक्ष्य भनेको सागमा देशको लागि स्वर्ण जित्नु हो । हाम्रो टोली बलियो छ र सबैले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छु ।’

भुवन पछिल्लो केहि वर्ष शिवरामको छायाँमा रहे । उनी दोस्रो वरियताकै रुपमा उपाधि पनि जिते । तर यस सिजन उनले उपाधि नजितेपनि शीर्ष वरीयता भने हासिल गरे । भुवन यसबाट खासै खुसी भने देखिएनन् ।

‘ शीर्ष वरीयताको खेलाडी हुनु सपना पूरा हुनुजस्तो हो । तर जसरि यो स्थानमा आएँ, श्रीपेचबिनाको राजा भएको जस्तो लागिरहेको छ । यसपटक एमेच्योर खेलाडीले पनि राम्रो प्रदर्शन गरे । उपाधि जित्न असफल भएँ,’ उनले भने ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

Success

Thank you for your time.