default_image

6 years ago

May 14, 2019

सूर्य नेपाल प्रिमियर : एमेच्योर सुवासलाई अग्रता

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा एमेच्योर सुवास घिसिङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन अग्रता लिएका छन् ।

गोकर्ण गल्फ कोर्समा मंगलबार लगातार दोस्रो दिन तीन अन्डर ६९ को प्रदर्शन गरेपछि सुवास शीर्षस्थानमा पुगे । अघिल्लो दिन ४ अन्डर ६८ सहित शीर्ष स्थानमा रहेका जयरामले दोस्रो दिन इभन पार ७२ खेलेपछि सुवास अगाडी बढेका हुन् । सुवासको कुल स्कोर ६ अन्डर १३८ पुगेको छ ।

दोस्रो स्थानमा जयराम श्रेष्ठ र अर्का एमेच्योर शुक्रबहादुर राई २ स्ट्रोक पछि छन् । शुक्रले मंगलबार ६ अन्डर ६६ को उत्कृष्ट स्कोर प्रदर्शन गरे । जयराम र शुक्र दुवैको कुल स्कोर ४ अन्डर १४० को छ । चौथो स्थानमा ५ अन्डर ६७ को प्रदर्शन गरेका रमेश अधिकारीको कुल ३ अन्डर १४१ स्कोर छ । संयुक्त पाँचौमा भुवन नगरकोटी र धनबहादुर थापाको समग्र स्कोर २ अन्डर १४२ छ ।

प्रतियोगितामा ४० व्यावसायिक र २० एमेच्योर गल्फरसहित कुल ६० जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सर्वाधिक पुरस्कार राशीको प्रिमियर प्रतियोगिताको विजेताले २ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ४० हजार तथा शीर्ष २४ व्यावसयिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी १२ लाख ६० हजार रहेको छ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.