default_image

6 years ago

May 11, 2019

शेर्पाले गल्फ विश्वकप खेल्ने

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बाबु शेर्पाले टर्किस एअरलाइन्स गल्फ विश्वकपको काठमाडौं छनोटको उपाधि जितेका छन् ।

शनिबार गोकर्ण गल्फ रिसोर्टमा शेर्पाले काउन्ट ब्याकका आधारमा ओला तेन्जिङलाई पछाडी पार्दै विश्वकपका लागि छनोट भएका हुन् । शेर्पाले नोभेम्बरमा टर्कीमा हुने टर्किस एअरलाइन्स विश्वकप गल्फमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

शेर्पा र तेन्जिङ दुवैले ४२ अंक जोडेका थिए । काउन्टब्याकमा १० ह्यान्डीक्यापका शेर्पाले ब्याक नांमा २३ तथा १५ ह्यान्डीक्यापका तेन्जिङले १८ अंक जोडेका थिए । तेन्जिङ प्रतियोगिताको उपविजेता भए । टासी छिरिङले ग्रसतर्फ उपाधि जिते । उनले ३८ ग्रस अंक जोडेका थिए । उलाई स्वर्गीय आङ छिरिङ शेर्पाको स्मृतिमा विशेष ट्रफी पनि प्रदान गरियो ।

पेम्बा शेर्पाले तेस्रो स्थान हासिल गरे । उनले ४१ अंक जोड्दै अन्य दुई खेलाडीसँग अंक बराबरी भएपनि काउन्ट ब्याकको आधारमा तेस्रो स्थान हासिल गरे । रजत राना र केएनएस थापाले पनि समान ४१ अंक जोडेका थिए ।

महिलातर्फ कश्मिरा शाहले ३९ अंक जोड्दै पहिलो स्थान हासिल गरिन् । रेखा घिमिरे ३१ अंक जोड्दै काउन्टब्याकको आधारमा दोस्रो भइन् । कल्याणी मोक्तानले ३१ अंक जोडेपनि उनले ब्याक नाइनमा १४ र रेखाले १५ अंक जोडेकी थिइन् ।

मिथुन राईले पुरुषतर्फ क्लोजेस्ट टु द पिन र रेखा घिमिरेले महिलातर्फ उक्त अवार्ड जितिन् ।

टर्किस एअरलाइन्सका प्रबन्ध निर्देशक अब्दुल्लाह तुन्चेर केसेसी, सेल्स म्यानेजर बेनजिर श्रेष्ठ तथा गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले विजयी गल्फरलाई पुरस्कृत गरे । ६ महिलासहित कुल १ सय १  गल्फरको सहभागिता रहेको प्रतियोगिता स्टेबलफोर्ड फर्म्याटमा अधिकतम १८ ह्यान्डीक्याप राखेर खेलाइएको थियो ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.