default_image

6 years ago

April 30, 2019

व्यक्तिगत अवार्डमा एपीएफकै वर्चस्व

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पाँचौ केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जित्ने क्रममा फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो ।

लगनखेलस्थित आर्मीको कभर्ड हलमा भएको खेलमा एपीएफ ३-० ले विजयी भएको हो । प्रतियोगिताको उपाधि जित्दै २ लाख रुपैयाँ प्राप्त गरेको एपीएफले व्यक्तिगत अवार्डतर्फ पनि वर्चस्व कायम गर्यो । उपविजेता आर्मीले १ लाख तथा तेस्रो स्थानको होंगान्जी न्यू डायमन्डले ५० हजार रुपैयाँ प्राप्त गरेको थियो ।

व्यक्तिगत विधा विजेता (जनही ७ हजार रुपैयाँ) :
उत्कृष्ट ब्लकर : हिरा केसी (एपीएफ)
उत्कृष्ट डिफेन्स : मनिषा तामाङ (एपीएफ)
उत्कृष्ट लिफ्टर : विनिता बुढाथोकी (एपीएफ)
उत्कृष्ट सर्भर : सोफिया पुन (आर्मी)
उत्कृष्ट क्विकर : सुनिता खड्का (आर्मी)
उत्कृष्ट स्पाइकर : प्रतिभा माली (न्यू डायमन्ड)
उत्कृष्ट प्रशिक्षक : पुष्प मल्ल (एपीएफ)

प्लेयर अफ द फाइनल : नेविका चौधरी (एपीएफ) – ५ हजार रुपैयाँ
सर्वोत्कृष्ट खेलाडी : सरस्वति चौधरी (एपीएफ) – १५ हजार रुपैयाँ
शेरबहादुर खड्का विशेष सम्मान : निरुता ठगुन्ना (आर्मी) – १५ हजार रुपैयाँ

तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

Success

Thank you for your time.