6 years ago
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले महिला भलिबल टोली निर्माण गरेको पाँच वर्ष मात्रै भएको छ । पाँच वर्षको अवधिमा आर्मीको महिला भलिबल टोलीले दर्जनौ प्रतियोगिता खेलेपनि उपलब्धि हात पार्न सकेको थिएन । यस्तोमा आर्मीको महिला भलिबल टोली राजधानीमा जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै उपाधिनजिक पुगेको छ ।
फाइनलमा आर्मीको मुख्य चुनौती महिला भलिबलमा एकछत्र राज गरिरहेको अर्काे विभागीय टोली नेपाल एपीएफ क्लब हुनेछ । पाँच वर्षे अवधिमा पहिलोपटक फाइनलमा स्थान बनाएको आर्मी महिला भलिबलमा नयाँ च्याम्पियन बन्ने दाउमा मंगलबार मैदानमा उत्रदैछ । आर्मीलाई आफ्नै कभर्डहलमा हुने फाइनलमा समर्थकको साथ रहनेछ ।
महिला भलिबलमा अहिलेसम्म पश्चिमाञ्चल, एपीएफ, न्यु डायमन्ड र पुलिस च्याम्पियन बनेको इतिहास छ । आर्मी मंगलबार महिला भलिबलमा नयाँ च्याम्पियन बन्ने दाउमा हुनेछ । आर्मीको उपाधि यात्राको प्रमुख योजनाकार वरिष्ठ भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठ छन् । नेपाली भलिबलमा एउटा उखानै बनेको छ । ‘जहाँ कपिल, त्यहाँ सफलता’, प्रशिक्षक कपिलले आफुले सम्हालेको टिमलाई लगातार च्याम्पियन बनाएको इतिहास छ । तर, उनले आर्मीको महिला भलिबल टोलीबाट यो सफलता चाख्न पाएको थिएन ।
करिव १६ महिना अघि प्रशिक्षक कपिल किशोर श्रेष्ठ यही संकल्प (आर्मीलाई टिम च्याम्पियन बनाउने) लक्ष्य लिएर आर्मीमा फर्किएका थिए । पछिल्लो १६ महिनाको अवधिमा आर्मीले उतारचढाव पुर्ण प्रदर्शन गरेको थियो । तर, यसपटक आर्मीले उच्च प्रदर्शन गर्दै पहिलोपटक फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ । मुख्य गरी एपीएफ, न्यु डायमन्ड, पुलिस र पश्चिमाञ्चलसँग पराजित हुदै आएको आर्मीले यसपटक बलियो आत्मविश्वासी प्रदर्शन गरेको छ ।
आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले आर्मीले महिला भलिबल टिम बनाएयता फाइनल पुग्नु अहिलेसम्मकै ठुलो सफलता रहेको बताएका छन् । ‘आर्मीले महिला भलिबल सुरु गरेको पाँच वर्ष मात्रै भएको छ । सुरुवाती समयमा टिम निर्माण गरेपनि म आर्मीमा धेरै समय रहिन । पछिल्लो १६ महिनायता म आर्मीको प्रशिक्षकको रुपमा रहेको छु । खेलाडीमा धेरै परिवर्तन ल्याएको छु,’ प्रशिक्षक श्रेष्ठले भने, ‘विशेषगरी आर्मीमा आत्मविश्वास र फिनिसिङमा समस्या देखिएको थियो । यो प्रतियोगितामा उनीहरुको आत्मविश्वास र फिनिसिङ केही हदसम्म सुधार पाएको छु । टिममा विशेष गरी आत्मविश्वास, ब्लक र सर्भिसमा सुधार भएको छ ।’
यस्तै प्रशिक्षक श्रेष्ठले यो प्रतियोगितामा एपीएफसँग समुह चरणमा ३–२ को हार र पुलिसमाथि ३–१ को जितमा देखिएको आत्मविश्वासलाई दोहो¥याएर खेल्न सके आर्मी च्याम्पियन बन्न सक्ने बताए । उनले एपीएफविरुद्धको फाइनलमा ब्लक र सर्भिसलाई ध्यान दिदै खेल्ने बताए । समूह चरणको खेलमा एपीएफविरुद्ध अन्तिम सेटमा १३-१० को अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा आर्मी १५-१३ ले पराजित भएको थियो । आर्मी उक्त गल्ति सुधार्दै जित दर्ता गर्न केन्द्रित छ ।
आर्मीले सोमबार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती ३–१ को सेटमा पन्छाउँदै पहिलोपटक फाइनलमा पुग्न सफल भएको थियो । एपीएफले होङग्वान्जी न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । मंगलवार आर्मी र एपीएफबीच फाईनल खेल १ बजे हुने छ । खेल हाम्रो खेलकुदडट कमले फेसबुकमा प्रत्यक्ष प्रसारण गर्नेछ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल व्यायाम मन्दिरको आयोजनामा यसै साता हुने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सबै तयारी पूरा भएको छ। धर्मश्री सँगै अन्य तीन विधाको प्रतिस्पर्धा चैत ७ देखि ९ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम […]
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]