6 years ago
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह चरणको खेलमा विभागीय नेपाल पुलिस क्लबसँग हार बेहोरेको छ ।
शनिबार भएको समूह चरणको दोस्रो खेलमा न्यु डायमन्ड पुलिससँग ३–१ को सेटमा पराजित भएको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा शनिबार भएको खेलमा न्यु डायमन्ड सुरुवाती सेटबाट नै पछि परेको थियो । पहिलो सेटमा डायमन्डले ५ अंकको अग्रता लिएर पनि २३–२५ ले गुमाएको थियो । दोस्रो सेटमा डायमन्ड झनै निरिह देखिदा १७–२५ ले पछि परेको थियो ।
तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै डायमन्डले २५–१७ ले खेल आफ्नो पक्षमा पारेको थियो । तर, प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा डायमन्ड २२–२५ ले पछि पर्दै पराजित हुन पुग्यो । डायमन्डको पुलिससँग यो वर्षको पहिलो हार हो । गतवर्ष पनि यही प्रतियोगितामा डायमन्ड पुलिससँग निराश बनेको थियो । त्यसयता डायमन्डले पुलिससँग हार बेहोर्नुपरेको थिएन ।
शनिबारै भएको पहिलो खेलमा डायमन्डले पश्चिमान्चलमाथि ३–० को सहज जित निकालेको थियो । डायमन्डले पश्चिमान्चललाई २५-१४, २५-२२, २५-१३ ले पराजित गरेको थियो । दिनको अन्तिम खेलमा आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६, २५–९ र २५–७ को सोझो सेटमा हरायो
त्यसअघि प्रतियोगिताको पूर्व प्रधान मन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतको उपस्थिति रहेको थियो ।
लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा साविक बिजेता एपीएफ, आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपाल पुलिस, होङगान्जी न्यु डायमण्ड र पश्चिमान्चल रहेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्नेछन् ।
विधागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर, बेष्ट ब्लक, बेष्ट डिफेन्स, बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्येक खेलको वुमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत हुनेछन् । खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ । साथै दरवारमार्ग स्थित द रिगल ईकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ ।
त्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । चार दिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल व्यायाम मन्दिरको आयोजनामा यसै साता हुने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सबै तयारी पूरा भएको छ। धर्मश्री सँगै अन्य तीन विधाको प्रतिस्पर्धा चैत ७ देखि ९ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम […]
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]