default_image

6 years ago

April 25, 2019

एमेच्योर टंकलाई एनपीजीए टुर च्याम्पियनसिप

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर खेलाडीहरुले व्यावसायिक प्रतियोगिता जित्ने सिलसिलालाई निरन्तरता दिँदै टंकबहादुर कार्कीले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।

बिहीबार गोकर्ण गल्फ कोर्षमा १ अन्डर ७१ सहित समग्रमा ४ अन्डर २ सय ८४ स्कोरसहित टंकले च्याम्पियनसिप उपाधि जितेका हुन् । उनले दोस्रो स्थानमा रहेका व्यावसायिक गल्फर संजय लामालाई ३ स्ट्रोकले पछाडी पार्दै उपाधि हात पारे । संजयले बिहीबार ४ अन्डर ६८ सहित कुल १ अन्डर २ सय ८१ स्कोर जोड्दै १ लाख २० हजार रुपैयाँ हात पारे । टंक भने एमेच्योर भएका कारण ट्रफीमा सिमित रहे । यसअघि एमेच्योरद्वय सुवास तामाङ र शुक्रबहादुर राईले पनि सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गतको च्याम्पियनसिप उपाधि हात पारेका थिए ।

व्यवसायिकतर्फ दोस्रो स्थानमा दिनेश प्रजापति (२ ओभर ७४) र भुवन नगरकोटी (३ ओभर ७५) ले समान ३ ओभर २ सय ९१ स्कोर जोड्दै जनही ६६ हजार रुपैयाँ प्राप्त गरे । एमेच्योरतर्फ ४ ओभर २ सय ९२ स्कोर जोडेका सुवास तामाङ दोस्रो तथा समान स्कोर भएपछि काउन्ट ब्याकका आधारमा विपिन तामाङ तेस्रो भए । सुवासले अन्तिम दिन ३ अन्डर ६९ र विपिनले १ ओभर ७३ स्कोर जोडे ।

व्यावसायिकतर्फ शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा ३४ व्यावसायिक र ८ एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.