6 years ago
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागिय टोली नेपाल एपीएफ क्लब र प्रदेश ३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
खजुरास्थित शुक्र भलिबल रंगशालामा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । एपीएफ २५-९, २६-१६, २५-९ ले विजयी रह्यो । अर्को सेमिफाइनलमा प्रदेश ३ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमै हरायो । प्रदेश ३ २५-२३, २५-११, २५-१८ को सहज जित दर्ता गर्यो ।
मंगलबार हुने पुरुषतर्फ फाइनलमा आर्मी र पुलिस खेल्नेछन् भने तेस्रो स्थानका लागि गण्डकी र एपीएफ खेल्नेछन् । महिलातर्फ एपीएफ र प्रदेश ३ फाइनलमा तथा पुलिस र गण्डकी कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]