default_image

6 years ago

April 22, 2019

एसियन च्याम्पियनसिपमा सोम सेमिफाइनलमा रोकिए

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा जारी २३औं एसियन एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत पुरुष ८०० मिटरमा नेपालका सोमबहादुर कुमाल सेमिफाइनलमा रोकिएका छन् ।

कतारको दोहास्थित खालिफा रंगशालामा सोमले हिटर चरण पार गर्दै सेमिफाइनलमा प्रवेश गरेपनि त्यो भन्दा अघि बढ्न सकेनन् । हिट चरणमा ३२ खेलाडीबाट उनले नवौं स्थानसहित सेमिफाइनलमा स्थान बनाएका थिए । तर, एसियन एथलेट स्टारहरु रहेको सेमिफाइनलमा उनले सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् ।

हित चरणमा सोमले निर्धारित दुरी १ मिनेट ५२.०४ सेकेन्डमा रेस पूरा गरे । सेमिफाइनलमा भने उनले १ मिनेट ५३.२२ सेकेन्ड लगाएका थिए ।

सोमले हाम्रो खेलकुदसँग कुराकानी गर्दै सेमिफाइनलसम्म स्थान बनाउनु पनि राम्रो रहेको प्रतिक्रिया दिए । उनले हिट लगत्तै सेमिफाइनल खेल्नुपर्दा पनि सोचेजस्तो हुन नसकेको बताए । उनले यस्ता खालका अन्तर्राष्ट्रिय प्रतियोगिता आवश्यक रहेको र यस्ता खालका च्याम्पियनसिपले म्याच एक्सपोजर बढ्ने समेत थपे ।

एसियन एथलेटिक्स च्याम्पियनसिपमा सोमसहित अजित कुमार यादवले पनि सहभागी छन् । अजितले बुधबार ५००० मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन् ।

February 6, 2025

आर्सनल लिग कपबाट बाहिरियो

एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]

February 6, 2025

रियल कोपा डेल रेको सेमिफाइनलमा, गार्सियाको निर्णायक गोल

एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

Success

Thank you for your time.