default_image

6 years ago

April 22, 2019

ऐतिहासिक आठौं नै पूर्वाधार विकासको आधार

160 views

0 Bookmark

प्रकाश तिमल्सिना, नेपालगन्ज

तत्कालिन पूर्वाञ्चल (हालको प्रदेश १) मा दुई वर्ष अघि सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदा भौतिक पूर्वाधार निर्माण पूर्ण रुपमा सम्पन्न नभई सकेकोले निकै आलोचना भएको थियो । अधुरा संरचना र कतिपय खेल त्रिपालमुनी सम्पन्न गरियो भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चर्को ओलोचनाको शिकार हुनु परेको थियो ।

त्यसबाट थोरै पाठ सिकेको राखेपले प्रदेश ५ आठौं राष्ट्रिय खेलकुदका लागि तुलानात्मक रुपमा भौतिक पूर्वाधार निर्माण समयमै सुरु गर्यो । सातौं भन्दा आठौंमा भौतिक पूर्वाधार निर्माण तीव्रगतिमा अघि बढ्यो । तर, आठौंका लागि निर्माण गर्ने योजना गरिएको पूर्वाधार पूर्ण रुपमा सम्पन्न भने भएनन् ।

आठौंका लागि सबैभन्दा केन्द्रमा रहेको उद्घाटन र समापनका लागि तय गरिएको नेपालगन्ज रंगशालाको भिआईपी प्यारापिटको काम अहिले पनि पूर्ण रुपमा सम्पन्न भएको छैन । यद्दपी यसपटकको उद्घाटन भने तत्कालिन विकास क्षेत्रमा भएको भन्दा स्तरीय रहेको धेरैले महसुस गरे ।

आयोजनाको अन्तिम समयमा आइपुग्दा पनि नेपालगन्ज रंगशालामा निर्माण गरिने भिआइपी प्यारापिटको जडान सम्पन्न हुन सक्दैन भन्ने र नेपालगन्जको चर्को गर्मीका कारण आठौं हुन नसक्ने नेतृत्व तहबाट पटक पटक सर्वाजनिक भएको थियो । तर, अन्ततः सबै ओलचनालाई चिर्दै आठौं सम्पन्न हुने क्रममा आइपुगेको छ ।

न त रंगशालाको निर्माण पूर्ण रुपमा सम्पन्न भइसकेको छ । न त दशक यता सुरु भएको पौडी पोखरीको निर्माण सम्पन्न भएको छ । नेपालन्गज रंगशालमा अहिले सम्म एउटा खेल नहुनु र पौडी पोखरी निर्माण सम्पन्न नभएर स्थानिय होटलको पौडी पोखरीमा प्रतियोगिता गर्न बाध्य हुनु पर्यो । त्यसले गर्दा राखेपले खप्की खानु परेको थियो ।

राखेपले फुटबलको सेमिफाइनल र फाइनल नेपालगन्ज रंगशालामा गर्दै आठौं सम्पन्न गर्ने लक्ष्य राखेको छ । पौडी पोखरीमा एउटा मात्र भएपनि प्रतियोगिता गरेर पौडी पोखरी सम्पन्न भएको सन्देश दिन प्रयास पनि भइरहेको छ । त्यसका लागि तीव्रगतिमा काम अघि बढेको पनि छ । यद्दपी ओलोचनाका लागि थुप्रै ठाँउ छन् । आठौंकै लागि सरकारले एक अरब रुपैयाँ भन्दा बढीको भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा रहेको छ ।

आलोचना आफ्ना ठाँउमा जायज पनि छन् । तर, आठौंका लागि भौतिक पूवार्धार निर्माण सुरु हुनु सानो विषय होइन भन्छन् प्रदेश ५ खेलकुद परिषद्का संयोजक भीम ओलीको भनाई छ । ‘हामीले सबै निर्माण सम्पन्न गर्ने योजनाका साथ काम गरेका हौं’ , उनले भने, ‘तर सबै काम सोचे जसरी बढेन । यद्दपी हामीले रात दिन नभनी काम गरायौं । दुई वर्षअघि देखि हामी लगातार काममा खटिएका छौं । यदि त्यसरी नलागेको भए यत्ति पनि हुने थिएन ।’

ओलीले सबै खेलाडीलाई उद्घाटनका अवसरमा सामेल गराउन नसक्नु बाध्यताका रुपमा रहेको बताए । ‘आठौं हुनेमै धेरैलाई शंका थियो । हामी त्यो चिर्नका लगातार प्रयासमा रह्यो’, उनले भने, ‘यो बीचमा सकारात्मक वा नकारात्मक सबै खाले टिप्पणीको हामीले अनुभव गरेका छौैं । तर, ती सबै टिप्पणीले हामीलाई उर्जा दियो । हामी निराश भएनौं ।’

चौथो राष्ट्रिय खेलकुद (२०५४) भएको २२ वर्षपछि प्रदेश नं ५ ले आठौं आयोजनाको अवसर पाउनुले यो क्षेत्रको खेलकुदलाई पुर्नजीवन दिन महत्वपूर्ण घटनाक्रम हुन सक्ने संयोजक ओलीको विश्वास छ । पूर्ण रुपमा काम सम्पन्न भएर अहिलेसम्म राष्ट्रिय खेलकुद हुन नसकेको स्मरण गर्दै ओली यसपटक विगतमा भन्दा फरक र तुलानात्मक रुपमा अरुभन्दा भव्य भएको धेरैको टिप्पणी छ ।

आठौंका लागि नेपालगन्ज रंगशाला पूर्ननिर्माण देखि शुटिङ रेन्ज, पौडी पोखरी निर्माण, भारोत्तोलन एकेडेमी, कभर्ड हल मर्मतका लागि करोडौं खर्च भएको छ । त्यसतै कारकाँदोमा जुडो हाल, कोहलपुरमा क्रिकेट रंगशाला, बेलझुन्डी रंगशालाको स्तर उन्नतीका साथै सेन्थेटिक ट्रयाक ओछ्याउने काम भएको छ । त्यस्तै दाङको घोराहीमा बास्केबल कोर्ट, तुल्सीपुरमा कभर्ड हल, लमहीमा क्रिकेट मैदानको स्तरोन्नती, बर्दियाका कभर्ड हल, भरी गाँउमा खोो, गुलरिया सेपाताक्रो हल निर्माण भएको छ ।

बर्दियाको गुलरीमा एथलेटिक्स क्ले कोर्ट रुपन्देहीमा लनटेनिस कोर्ट र कपिल बस्नतमा कुस्ती मैदान तयार पारिएको छ । चैत २७ गते देखि विभिन्न खेल सुरु भएको आठौंको औपचारिक उद्घाटन २०७६ को वैशाख ५ गते औपचारिक उद्घाटन भएको थियो । वैशाख ११ गते समापन हुँदा राष्ट्रिय खेलकुद इतिहासमै पहिलो पटक झन्डै २ साता लागेर सम्पन्न हुँदैछ । प्रदेशका विभिन्न जिल्लामा भौतिक पूर्वाधार निर्माण हुने भएकोले सबै खेलाडीलाई उद्घाटनमा सामेल गराउन सम्भव नभएको ओलीले बताए ।

‘हामी चाहन्थ्यौं सबै खेलाडीको उपस्थिति रहोस् । तर हामीले चाहेर मात्र त्यो सम्भव थिएन’ , उनले थपे, ‘विगतमा पनि त्यस्तो भएको छ । तर आउने दिनमा एउटै शहरमा सबै खेलका भौतिक पूर्वाधार निर्माण आयोजना गर्न सकेको खण्डमा उद्घाटन समापनमा सबैलाई सहभागि गराउन सकिएला । तर अहिले त्यो सम्भव छैन ।’

वृहत खेलकुद आयोजनाका लागि नीति र नियतले अप्ठेरो महसुस गरेको ओलीको भनाई छ । ‘कतिपय नीतिगत समस्या पनि रहेछन् । र कतिपय नियतको समस्या पनि देखियो’ , उनले भने, ‘तर हामीले मैदानमा बसेर काम छाडेनौं । राखेप सदस्य सचिवले समन्वयको महत्वपूर्ण भूमिका निर्वाह गरेकाले अहिले आठौं सम्भव भएको हो ।’

चौथो वर्षे कार्यकाल सकिने क्रममा रहेका ओलीले आउने दिनमा अहिले बनेका भौतिक पूर्वाधार संरक्षण मुख्य चुनौतीको रुपमा रहेको स्वीकार गरेका छन् । उनले नयाँ संरचनाले दीर्घकालिन प्रभाव खेलकुद गतिविभिमा बृद्धि र नयाँ खेलाडी उत्पादन गर्न सकेमा आठौं आयोजनाको विस्तविक रुपमा सार्थकता हुने बताएका छन् ।

आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण भएका संरचनाहरु:

क्रसपूर्वाधारस्थानलागत
नेपालगन्ज रंगशालानेपालगन्ज२५ करोड रुपैयाँ
शुक्र भलिबल रंगशालाखजुरा२ करोड ५० लाख रुपैयाँ
सुटिङ रेन्जनेपालगन्ज९६ लाख रुपैयाँ
पौडी पोखरीनेपालगन्ज२३ करोड रुपैयाँ
भारोत्तोलन एकेडेमीनेपालगन्ज१ करोड २५ लाख रुपैयाँ
कभर्ड हलनेपालगन्ज१ करोड ३ लाख रुपैयाँ
जुडो हालनेपालगन्ज१ करोड ६० लाख रुपैयाँ
कोहलपुर क्रिकेट रंगशालाकोहलपुर१ करोड ६० लाख रुपैयाँ
एथलेटिक्सबेलझुन्डी२५ करोड रुपैयाँ
१०बास्केटबल कोर्टघोराही५० लाख रुपैयाँ
११कभर्ड हलतुलसीपुर१ करोड २५ लाख रुपैयाँ
१२क्रिकेट मैदानलमही७५ लाख रुपैयाँ
१३कबड्डी कभर्ड हलबर्दिया २ करोड रुपैयाँ
१४खो-खो कभर्ड हलबर्दिया२ करोड रुपैयाँ
१५सेपाकताक्रो कभर्ड हलबर्दिया८५ लाख रुपैयाँ
१६एथलेटिक्स ट्रयाकबर्दिया५३ लाख रुपैयाँ
१७लन टेनिस कोर्टरुपन्देही१ करोड २५ लाख रुपैयाँ
१८कुस्ती मैदानकपिलवस्तु२५ लाख रुपैयाँ

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.