default_image

6 years ago

April 19, 2019

आर्मीका कप्तान मानबहादुरले आठौं खेल्न नपाउने

98 views

0 Bookmark

सुबास हुमागाईं, नेपालगन्ज

त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठले आठौं राष्ट्रिय खेलकुद खेल्न नपाउने भएका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा चलिरहँदा मानबहादुर मैत्रीपूर्ण प्रतियोगिता खेल्न आर्मीको स्वीकृतिविनै जापान पुगेपछि उनले आठौं खेल्न नपाउने भएका हुन् । आर्मीले प्रतियोगिता खेल्न दर्ता गरेको १२ खेलाडीको सुचिमा मानबहादुरको नाम छैन । आर्मीले प्रतियोगिताअन्तर्गत समूह चरणको दुई खेल खेल्दै २ जित दर्ता गरिसकेको छ । पहिलो खेलमा बुधबार प्रदेश २ लाई २५-१५, २५-९, २५-९ ले पराजित गरेको थियो ।

शुक्रबारको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि संघर्षपूर्ण जित दर्ता गर्यो । पहिलो सेट २५-२२ ले गुमाएको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५-१८, २५-२१, २५-१४ ले जितेको थियो । आर्मीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले कप्तान जस्तो महत्त्वपूर्ण खेलाडी टोलीमा नहुँदा प्रदर्शनमा असर पर्ने बताए । ‘मानबहादुर नेपालकै उत्कृष्ट खेलाडीमा पर्छन् । उनको कमी त पक्कै महसुस हुन्छ । हामीले उनी नहुँदा अन्य खेलाडीलाई टोलीमा समेटेका छौँ । अब उनले यस प्रतियोगिता खेल्ने छैनन्,’ श्रेष्ठले भने ।

मानबहादुरलाई विभागले स्वीकृतिविनै आठौं राष्ट्रिय खेलकुद छाडेको कारण विभागले थप कारवाही गर्ने सम्भावना पनि रहेको छ । मानबहादुर शुक्रबार मात्र नेपाल फर्किएका छन् । उनले आफू स्वीकृतिविना नै जापान खेल्न जानु आफ्नो बाध्यता रहेको बताए । ‘यो प्रतियोगिताको लागि ६ महिनाअगाडी देखि नै तयारी रहेको थियो । आयोजक समितिले निकै खर्च गरिसकेको र मैले वचन दिएको थिएँ । मैले समूह चरणको केहि खेल मात्र गुमाउने भएकाले स्वीकृतिको लागि आग्रह गरेको थिएँ । तर विभागबाट स्वीकृति नआएपछि आठौं छाड्न बाध्य भएँ,’ मानबहादुरले थपे ।

अब मानबहादुरले प्रतियोगितामा खेल्न पाउने छैनन् । उनको नियमित ४ नम्बर जर्सीमा आर्मीले एकेन्द्र साउदको नाम दर्ता गरेको छ । यद्यपी आर्मीले सुरुवाती दुवै खेलमा उनलाई खेलाएको छैन । आर्मीका लागि धनबहादुर भट्ट, नरेन्द्र गिरि, भैरव बम, राजेन्द्र विष्ट लगायत खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् ।

March 17, 2025

१७ औं धर्मश्री यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल व्यायाम मन्दिरको आयोजनामा यसै साता हुने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सबै तयारी पूरा भएको छ। धर्मश्री सँगै अन्य तीन विधाको प्रतिस्पर्धा चैत ७ देखि ९ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम […]

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]

Success

Thank you for your time.