6 years ago
April 19, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला तथा पुरुष टोलीले शुक्रबारको खेलमा जित दर्ता गरेका छन् ।
पुरुषतर्फको अर्काे खेलमा विभागीय नेपाल एपीएफ क्लबले प्रदेश ५ माथि २५–८, २५–२१ र २५–२१ को सहज जित निकाल्यो । बाँकेको खजुरामा भएको समूह चरणको अर्को खेलमा आर्मीले गण्डकी प्रदेशमाथि ३–१ को जित निकालेको हो । पहिलो सेट आर्मीले २२–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट आर्मीले सहजै जित्न सफल भयो । आर्मीले बाँकी तीन सेट २५–१८, २५–२१ र २५–१४ ले आफ्नो पक्षमा बनायो ।
महिलातर्फ उपाधिको दावेदार एपीएफ र प्रदेश ३ ले विजयी शुरुवात गरे । एपीएफले प्रदेश १ माथि २५–४, २५–९ र २५–१० को सहज जित निकाल्दा प्रदेश ३ ले प्रदेश २ माथि २५–९, २५–७ र २५–१३ को जित निकाल्यो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]