6 years ago
April 15, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले प्रदेश २ लाई ६-० ले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
सोमबार मंगल प्रसाद माविको खेलमैदानमा रोमन रानाले ४ गोल गरेपछि पुलिसले सहज जित दर्ता गर्यो । रोमनको २१ औं मिनेटको गोलमा पुलिसले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा भने पुलिसले ५ गोल थप्यो ।
रोमनले दोस्रो हाफको ३६ औं मिनेटमा नै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । योगेश कुमारले ३८ औं मिनेटमा गोल थपे । रोमनले त्यसको ७ मिनेटपछि दुई मिनेटको अन्तरमा दुई गोल गर्दै पुलिसलाई ५-० को अग्रता दिलाए । ५३ औं मिनेटमा केशवराज जोशीले पेनाल्टी कर्नरको सदुपयोग गर्दै पुलिसको फराकिलो जित पक्का गरे ।
यस जितसँगै पुलिस समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए बाट त्रिभुवन आर्मी उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश गर्यो । समूह बी बाट प्रदेश ५ समूह विजेता र सुदूरपश्चिम उपविजेता बनेको छ । मंगलबार हुने पहिलो सेमिफाइनलमा पुलिस र प्रदेश ७ तथा दोस्रोमा प्रदेश ५ र आर्मी भिड्नेछन् ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]
February 23, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]