6 years ago
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत अन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार स्वर्ण पदक जितेका छन् ।
एकल पुरुषमा स्यान्टु तथा महिलामा नविताले स्वर्ण जितेका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले स्वर्ण नै जितेका थिए । यसअघि बिहीबार मिक्स डबल्समा पनि स्यान्टु र नविताको जोडीले स्वर्ण जितेका थिए ।
दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा स्यान्टुले आफ्नै क्लबका प्रदीप रोकालाई ११–१, ११–५, ११–६ र ११–५ को सोझो सेटमा पराजित गरे । शनिबारै भएको सेमिफाइनलमा श्यान्टुले एपीएफका शिवसुन्दर गोथेलाई ४–० तथा प्रदीपले एपीएफका विलोश श्रेष्ठलाई ४–२ ले हराउदै उपाधि भिडन्त पक्का गरे थिए । पराजयसंगै शिव र विलोशले तेश्रो स्थानमा रहे ।
महिला उपाधि भिडन्तमा नविताले पुलिसकै एलिना महर्जनलाई ११–७, ११–५, ७–११, ११–९, ९–११ र १२–१० को सेटमा हराइन् । आर्मीका रविना महर्जन र दीक्षा तामाङले तेस्रो स्थानमा चित्त बुझाए । सेमिफाइनलमा नविताले दीक्षालाई ४–० तथा एलिनाले रविनालाई ४–२ ले निराश पारेका थिए ।
विजेतालाई प्रदेश सांसद अमर डाँगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २७ गतेदेखि सुरु प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीबाट १ सय ६० खेलाडी सहभागी थिए । विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]