default_image

6 years ago

April 7, 2019

केएनपी भलिबललाई मुक्तिनाथको साथ

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ बिकास बैंकले प्रायोजन गरेको छ ।

आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताको लागि मुक्तिनाथ बिकास बैंकसँग प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा मुक्तनाथ बिकास बैंका सिइओ प्रद्युमान पोखरेल र शेरबाहदुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौता पत्र आदान प्रदान गरे । सम्झौतापछि बैंकका सिइओ प्रद्युमानले राम्रो क्षेत्रमा हात हालेका कारण सुरुमा सानो रकमबाट अघि बढेको र बिस्तारै सहयोग बढ्दै जाने बताए ।

सम्झौतासँगै बैंकले प्रथम पुरस्कारको २ लाख रुपैयाँसहित आवश्यक होडिङ बोर्ड र ब्यानरको व्यवस्था मिलाउनेछ । जावलाखेलस्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको विजेताले २ लाख, उप विजेताले १ र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेर बहादुर स्पेशल अवार्डको विजेताले जनही रु १५–१५ हजार पाउने छन् । त्यस्तै विधागततर्फ उत्कृष्ट स्काईकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षक जनही ५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको प्रत्येक खेलको वुमन अफ द म्याचले पनि नगद ५ हजार र ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र शेर ब. खड्का स्पेशल अवार्डको विजेताले सुलक्स सेन्टरबाट ३०–३० हजार बराबरको टिसट घडी पनि पाउने प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत २१ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा जापानको नम्बर वान पेन्ट बहुराष्ट्रिय कम्पनी केएनपी रहने छ । प्रतियोगितामा साविक विजेता एपिएफ, होङवान्जी न्युडायमन्ड, नेपाल पुलिस, आर्मी, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरि ६ टिमको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुने छ ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

March 17, 2025

प्लानिङ ब्वाइजको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]

Success

Thank you for your time.