6 years ago
April 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आइएसएप वल्र्ड यू–१५ महिला भलिबल प्रतियोगितामा नेपालको न्यु डायमण्ड एकेडेमीले पहिलो जित निकालेको छ ।
बिहीबार भएको खेलमा नेपालको डायमन्डलेले अजरवैजानलाई २–१ को सेटमा हराउदै पहिलो जित हात पारेको छ । बिहिवार अजरबैजनसग भएको खेलमा पहिलो सेट २०–२५ ले गुमाए पनि खेलमाा फर्कदै न्यू डायमण्डले लगातर २ सेट २५–१९ र २५–११ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
प्रशिक्षक कुमार राईले पहिलो सेट गुमाएर पनि सफलता हात पार्दा छोरीहरुले सोचे जस्तोे खेल प्रर्दशन गरेको बताए ।
न्यु डायमण्डले शुक्रवार हंगेरीसँग खेल्नेछ ।
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्। ३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। मंसिर ६ गते एन्फा र क्लबका […]
November 25, 2024
एजेन्सी – वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् । जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]